इटहरीः चालु मतगणनाको बिहीबार मध्यरातसम्मको परिणाम अनुसार प्रदेश एकका पाँच पालिकामा महिला नेतृत्व चयन भएका छन् ।

प्रदेश नम्बर १ को मोरङको कानेपोखरीमा एमालेकी राजमति इङ्नाम कांग्रेसका सञ्जय भट्टराईलाई हराएर नगरप्रमुख बनेकी छन् ।इङ्नामले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी बन्दै गर्दा भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएका छन् ।

त्यसैगरी प्रदेश एककै संखुवासभा जिल्लाको मकालु गाँउपालिकामा आङदी छिरीङ शेर्पा बिजय भएकी छिन् । उनले एमालेका भरत कटुवाललाई हराएकी हुन् । ३ हजार १७ मत ल्याएकी शेर्पा ५ सय ३९ मतान्तरले निर्वाचित भएकी हुन् ।

सोलुखुम्बु जिल्लाको लिखु पिके गाउपालिका अध्यक्षमा कांग्रेसकी मिनादेवी कार्कीले जितेकी छन् । उनले १ हजार २ सय ६० मत ल्याई विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १ सय ४७ मतान्तरले पराजित गरेकी हुन् । बस्नेतले १ हजार १ सय १३ मत ल्याएका छन् ।

मधेश प्रदेशमा दुई जना महिलाले नेतृत्व लिएकार छन् भने , वाग्मतीमा चार, गण्डकीमा तीन, लुम्बिनीमा एक, कर्णालीमा दुई पालिका प्रमुखमा निर्वाचित भएका हुन् । सुदुरपश्चिममा ७६ पालिकाको मत परिणाम आउदा नेतृत्वमा महिला एक जना पनि चुनिएका छैनन् ।