धरानः धरान उपमहानगरपालिका धरानमा मध्यरातसम्म ३२ हजार मतगणना सकिदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१ मत प्राप्त गरेका छन् । गठबन्नका मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले ९५०१ मत प्राप्त गरेका छन् । राई भन्दा लौरो चिन्हमा मेयर पदका स्वतन्त्र उम्मेदवारी दिएका साम्पाङ ५०० मतले अगाडि छन् ।

उपमेयर तर्फ गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १०८३३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्बो लिम्बुले १०३२८ मत सहित जारी मतगणनामा मेयरमा साम्पाङ, उपमेयरमा बेघा र लिम्बुले १० हजार बढी कटाएका छन् ।

बिहिबार राती मध्यरातसम्म भएको मतगणनाको नतिजा सार्वजनिक हुँदा उपमेयर तर्फको गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघा र एमाले उम्मेदवार पदम इस्वोको मतान्तर ५०५ रहेको छ। एमालेबाट मेयर पदको उम्मेदवार रहेकी मञ्जु भण्डारीले ७६७८ मत प्राप्त गरेकी छिन् ।