इटहरीः मतगणना कार्य जारी रहँदा हालसम्म नतिजा सार्वजनिक भएका प्रदेश एकका पालिकाहरुमा नेकपा एमालेले ३७ वटा पालिकामा जित हासिल गरेको छ ।

नेकपा एमालेले जित हासिल गरेका प्रदेश एकका पालिकाहरुमा इलामको देउमाई गाउँपालिकामा सुर्यप्रसाद पोख्रेल विजयी बनेका छन् ।पोखरेलले ८ हजार ६९५ मत पाएका छन् । यस्तै इलामको माइ नगरपालिकामा अम्बासिंह लिम्बु विजयी बनेका छन् ।

लिम्बुले ८ हजार १३२ मत पाएका छन् भने झापाको कन्काई नगरपालिकामा एमालेकै राजेन्द्र कुमार पोखरेल विजयी बनेका छन् । राजेन्द्रले ८ ६७३ मत पाएका छन् । एमालेले संखुवासभाको चैनपुर नगरपालिकामा पनि जितेको छ । चैनपुरमा कृष्ण कुमार तामाङ्गले ६७५७ मत पाएका छन् भने संखुवासभाकै धर्मादेखि नगरपालिकामा उदयचन्द्र पौडेल र मादी नगरपालिकामा जिवन लिंथेप विजयी बनेका छन् । उनिहरुले क्रमश ४ हजार २८२ र ४ हजार ३३१ मत पाएका छन् ।

तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा एमालेका सन्जयकुमार तुम्बाहाम्फे विजयी बनेका छन् । उनले ५ हजार ११७ मत पाएका छन् । यता भोजपुरको षडानन्द गाउँपालिकामा सुरेन्द्र कुमार उदास विजयी बनेका छन् । उदासले ६७७२ मत पाएका छन् । यता धनकुटा नगरपालिकामा एमालैकै चिन्तन तामाङ्ग पुन विजयी बनेका छन् । तामाङ्गले ७ हजार ६६६ मत पाएका छन् भने मोरङ्गको उर्लाबारी नगरपालिकामा गंगा प्रसाद पोखरेल विजयी बनेका छन् । उता लेटाङ्ग नगरपालिकामा एमालेकै भुपेन्द्र कुमार लावती र सुनवर्षी नगरपालिकामा श्याम प्रसाद राजवंशी विजयी बनेका छन् । उनिहरुले क्रमश १० हजार २२७ र ८ हजार ६३९ मत पाएका छन् । यसैगरी सुनसरीको रामधुनी नगरपालिकामा एमालेका शंकरलाल चौधरी विजयी बनेका छन् । चौधरीले १३ हजार ३७२ मत पाएका छन् भने उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेका कालुमान लामा विजयी बनेका छन् । लामाले ८ हजार ८६३ मत पाएका छन् ।

ताप्लेजुँगको आठराई त्रिवेणी गाउँपालिकामा दिपेन्द्र पोमु विजयी बनेका छन् । पोमुले ३ हजार ३६ मत पाएका छन् । भने ताप्लेजुँगकै पाथीभरा याङवरक गाउँपािलकामा कशेर कुमार सुव्वा विजयी बनेका छन् । सुव्वाले २ हजार ८९८ मत पाएका छन् । जिल्लाकै सिदिङवा गाउँपालिकामा मान बहादुर राईले ३ हजार ८५ र पाँचथर याङवरक गाउँपालिकामा भीम बहादुर योङयाले ४ हजार ११८ मत पाएका छन् ।

province-1-map

इलामको माइजोगमाई गाउँपालिकामामा नेकपा एमालेका कुश बहादुर थेवे विजयी बनेका छन् थेवेले ५ हजार १३५ मत पाएका छन् । यता इलामकै माङसेवुङ गाउँपालिकामा एमालेकै हेमन्त राई विजयी बनेका छन् । राईले ३ हजार ८१८ मत पाएका छन् ।

झापाको बाह्रदशी गाउँपालिकामा देवीन्द्र प्रसाद चम्लागाई विजयी बनेका छन् । उनले ७ हजार १४८ मत पाएका छन् भने संखुवासभाको भोटखोला गाउँपालिकामा एमालेकै वाङ्गछेदर लामा विजयी बनेका छन् । लामाले १ हजार ८०३ मत पाएका छन् भने तेह्रथुमको छथर गाउँपालिकामा सन्तवीर लिम्बु ले ३ हजार ९१५ मत पाएर विजयी बनेका छन् । जिल्लाकै मेन्छ्यायेम गाउँपालिकामा यादव बहादुर खापुगँ विजयी बनेका छन् उनले २ हजार ५५ मत पाएका छन् ।

यसैगरी भोजपुरको पौपादुङ्ग गाउँपालिकामा एमालेका किरण राईले २ हजार ४९९ मत पाएका छन् भने हतुवागडीमा एमालेका प्रेम कुमार राईले ४ हजार ४२ मत पाएका छन् । उता धनकुटाको सहिदभुमि गाउँपालिकामा एमालेका मनोज राईले ४ हजार २१४ मत पाएर विजयी बनेका छन् । भने जिल्लाको चौविसे गाउँपालिकामा राजकुमार लिम्बुले ५ हजार ३८ मत पाएका छन् । उता मोरङ्गको कानेपोखरी गाउँपालिकामा राजमति इङ्गनामले ८ हजार ९७५ मत पाएकी छन् ।

मोरङ्गकै केराबारी गाउँपालिकामा एमालेका सुमन मिरिङ्गचिङ्ग मगरले ७ हजार ८१० मत पाएर विजयी बनेका छन् ।उता सुनसरीको गढी गाउँपालिकामा एमालेकै आश नारायण चौधरीले ८ हजार ९०१ मत, बर्जु गाउँपालिकामा ७ हजार ८६१ मत पाएका छन् । यसैगरी सोलुखुम्बुको माप्य दुधकोशि गाउँपालिकामा बुद्धि किरण राईले ३ हजार ३४३ मत पाएका छन् । यता खोटाङ्गको ऐसेलुखर्क गाउँपालिकामा गीरेन्द्र बहादुर राईले २ हजार ६०६, दिप्रङ्ग चुइचुम्मामा लोकेन्द्र राईले २ हजार ८०३ मत पाएर विजयी बनेका छन् । यता ओखलढुँगाको मोलुगँ गाउँपालिकामा एमालेकै उत्तम राईले ४ हजार ५२ मत पाएका छन् ।