धरानः धरान उपमहानगरपालिकाको आज बिहान ८ बजेसम्मको मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिएका मेयर पदका स्वतन्त्र उम्मेदवार सामाजिक अभियान्ता हर्क साम्पाङले १५०९ मत बढीले अग्रता लिएका छन् ।

बिहान ८ बजेसम्ममा ३६६४६ मतगणना गर्दा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कले ११३३९ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदार नेपाली कांग्रेसका किशोर राईले ९८३० मत प्राप्त गरेका छन् । एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले ८०७१ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाईरहनु परेको छ ।

उपमेयर पदमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११४२१ मत प्राप्त गरि अग्रस्थानमा छन् । एमालेका पदम इस्बो लिम्बूले १०९५८ मत प्राप्त गरेका छन् । धरानको मतगणना जारी नै रहेको छ ।

Artboard 10 (1)