इटहरीः माओवादी केन्द्रबाट सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्ष पदमा टिकट पाएका २४ बर्षीय मुसहर समुदायका युवा नेताले विजय हासिल गरेका छन् । उनि प्रदेश एककै पहिलो मुसहर युवा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बनेका लालदेव सदा(मुसहर)ले कोशी गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

सदा निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवारलाई १७० मतले पछि पार्दै विजयी बनेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र महतोले ४४१ मत ल्याउँदा लालदेवले ६११ मत प्राप्त गरेका छन् ।

281941211_5077150149018096_6593104484833698654_n

लालदेवसँगै उनको प्यानलै कोशी गाउँपालिाका वडा नम्बर ७ मा विजयी बनेको छ । सदासँगै महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी उम्मेदवारले ६१५ मत, दलित महिला सदस्यले ६१४ मत, र खुल्ला सदस्यहरुले ५९२ र ५६७ मत प्राप्त गरका छन् ।

उमेरले भर्खरै २४ बर्षका लालदेव समाजसेवामा अग्रणी भुमिकामा रहेकै कारण विजयी बनेको कोशी गाउँपालिकाका वाइसिएल अध्यक्ष रंजन यादवले बताएका छन् । यादवका अनुसार वडा अध्यक्षमा निर्वाचित लालदेव सदा संभवत नेपालमै मुसहर समुदायबाट निर्वाचित पहिला वडा अध्यक्ष हुन् ।

यतिबेला सो वडामा सदा सहितको विजयी जुलुश भईरहेको छ  । विजयी जुलुशमा नेकपा माओवादी केन्द्रका जिल्ला तहका नेताहरुको सहभागीता रहेको नेकपा माओवादी केन्द्र इनरुवा नगरकी अध्यक्ष तोया गिरीले जानकारी दिइएकी छन् ।