सुन्दरहरैँचाः नेपाली कांग्रेस प्रदेश नम्बर १ का उपसभापति एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीकै वडा सुन्दरहरैँचा ३मा नेपाली कांग्रेस पराजित भएको छ । राष्ट्रिय सभामा नेकपा एमालेका बिरुद्द खरो उत्रने परिचय बनाएका रायमाझीले आफ्नै वडामा भने कांग्रेसलाई जिताउन नसकेका हुन् ।

Artboard 10 (1)

रायमाझीको वडामा नेकपा एमालेले शानदार जित निकालेको छ। रायमाझीको वडामा कांग्रेसले बिउ नै जोगाउन नसकेको स्थानीय कांग्रेस अगुवाले बताएका छन् । उनिसँग सोध्दा भने ‘सधैँ अरुका बिरुद्द कराएर नहुने रहेछ, आफ्नै वडाका कार्यकर्तालाई कराउन सकेनन् के गर्नु ? आफ्नै कार्यकर्ताले एमालेलाई हराउन सकेनन् । आफ्नै पार्टी सके अघिल्लो पटक प्यानलै जितेको वडा सिनित्तै बढारियो’।

ती कांग्रेस अगुवाले भने ‘सुन्दरहरैँचा ३मा पूर्व वडाध्यक्ष अनि नेपाली कांग्रेस सुन्दरहरैँचा ३ का वर्तमान वडा सभापतिले नै आफ्नो पार्टीलाई अन्तरघात गरेर बिपक्षीलाई जिताएको अनुभव भएको छ। तपाँईकै मिडियामार्फत यो शन्देश पठाउँछु पार्टीले छानबिन गरोस’।

madan

तीन हजार ८ सय ९७ मत खसेको सुन्दरहरैँचा ३ मा नेकपा एमालेका बिदुर ढुंगानाले १ हजार ८सय ९१ मत प्राप्त गर्दै बिजयी भएका छन्। ढुंगानाका निकटतम् प्रतिद्वन्दी केन्द्रदिप पोख्रेलले १ हजार ४ सय २१ मत प्राप्त गरेका छन्।

यस्तै दलित महिला सदस्यमा १ हजार ७ सय ७६ मत प्राप्त गर्दै पबित्रा दमाई निर्वाचित हुँदा कांग्रेसकी बिन्दा बोगटीले एक हजार ४ सय ८९ मत प्राप्त गरेकी छन्। महिला सदस्यमा १ हजार ७ सय १३ मत प्राप्त गर्दै पूर्णमाया लिम्बु निर्वाचित हुँदा कांग्रेसकी रिता दाहालले १ हजार ३ सय ४५ मत प्राप्त गरेकी छन्।

यस्तै वडा सदस्य ९खुल्ला सदस्य–१० मा एमालेका निलम अधिकारीले १ हजार ७ सय ३६ मत प्राप्त गर्दै बिजयी हुँदा कांग्रेसका मणि कोईरालाले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन्। वडा सदस्य ९खुल्ला सदस्य–२०मा एमालेका ८१ बर्षीय नारायण भट्टराई‘बा’ १ हजार ६ सय ८० मत प्राप्त गर्दै निर्वाचित हुँदा कांग्रेसका रमेश थापाले १ हजार ४सय ४३ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।