बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ८ मा नेपाली कांग्रेसका युवा नेता रोशन खड्काले अध्यक्ष पदमा बाजि मारेका छन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको संयुक्त उमेदवार बनेका खड्काले लोकप्रिय मत प्राप्त गर्दै विजयी भएका हुन् । स्थानीयतह निर्वाचनमा २०७९ अन्तर्गत नेकपा एमालेका भानुभक्त लिम्बूलाई ६ सय ७ मतको अन्तरले जीत निकालेका हुन् ।

वडामा खसेको कुल मत ४हजार ८सय ७८ मध्ये खड्काले २हजार ३सय ९५ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्दी लिम्बूले १हजार ७सय ८८ मतमा चित्त बुझाए । गठबन्धनको प्यानलै निर्वाचित भएको यस् वडामा महिला वडा सदस्यले २ हजार ४८, दलित महिला सदस्य २ हजार ८९, खुल्ला सदस्यहरु क्रमशः १हजार ८सय १० र १हजार ७ सय ५७ मतका साथ विजयी भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

खासगरी नवनिर्वाचित अध्यक्ष खड्काको सामाजिक कार्यमा लोभलाग्दो सक्रियता छ । स्थानीयस्तरमा हुने खेलकुद, महिला, धार्मिक तथा सांस्कृतिक एबम् युवा लक्षित कार्यक्रमहरुमा उनले गर्ने आर्थिक तथा भौतिक सहयोगको सक्रियताको सर्बत्र तारिक हुने गरेको छ ।

केहि समयको वैदेशिक यात्रापश्चात् बराहक्षेत्र ८ लाई स्थायी बसोबासको रूपमा अंगिकार गरिरहेका खड्काले नेपाली कांग्रेसभित्र पनि छोटै समयमा फड्को मारेको बुझिन्छ । उनले गर्ने विभिन्न राजनीतिक तथा सामाजिक देनको कारण उनी पार्टीको १४ औं अधिवेशनबाट निर्वाचित प्रदेश महाधिवेशन प्रतिनिधि हुन् ।