फिक्कलः प्रदेश नम्बर १ को प्रमुख पर्यटकीय नगरी इलामको सुर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीका रणबहादुर राईले प्रदेश सांसदबाट राजीनामा दिई एमालेका तर्फबाट उम्मेदवारी दिएका काजीमान कागतेलाई फराकिलो मत अन्तरले पराजित गर्दै मेयरमा विजयी भएका छन् । राईले कागतेलाई १८५१ मत अन्तरले पराजित गरेका हुन् ।

उनले १२४३० मत प्राप्त गरि विजयी हासिल गरेका हुन् । राईको यो दोस्रो पटकको जिताई हो । यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा राई नेकपा एमालेका तर्फबाट मेयर पदमा विजयी भएका थिए ।

282055785_337179251855125_3019924928209727844_n

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको क्षेत्रबाट उनि पुनः सुर्योदय नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हुन् । राईका निकटतम प्रतिद्धन्दी एमालेका १ नम्बर प्रदेशका निर्वतमान संसाद समेत रहेका काजीमान कागतेले १०५७९ मत प्राप्त गरेका छन् । कागते मेयर बन्नकै लागि प्रदेश सांसदबाट राजीनामा गरि उम्मेदवार बनेका थिए । प्रदेश सांसद भएरपनि सो क्षेत्रका लागि कुनै राम्रो काम गर्न नसकेका उनलाई जनताले समेत साथ दिएनन् ।

उनलाई प्रदेश सांसदमै असफल भएको चर्चा इलाम भरि हुने गरेको छ । सोही नगरपालिकाको उपमेयर गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुर्गा बराल विजयी भएका छन् । उनले ११८५४ मत प्राप्त गरि विजय हासिल गरेका हुन् । एमालेकी उपमेयर पदमा उम्मेदवारी दिएकी निर्वतमान उपमेयर समेत रहेकी दुर्गादेवी भट्टराई ९१२२ मत मात्र ल्याइन् । बरालले २७३२ मत अन्तरले एमालेकी भट्टराईलाई पराजित गरेका हुन् ।