इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १४ को वडा अध्यक्षमा हाँस चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार रमेश चौधरीको प्यानलै विजयी बनेको छ ।

स्वतन्त्र उम्मेदवार रमेश चौधरीले नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार दुखिलाल चौधरीलाई २३३ मतले पछाडी पार्दैै विजय हासिल गरेका छन्न् । रमेशलाई एमालले टिकट नदिएपछि उनले एमालेकै विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका उम्मेदवार प्रेम चन्द्र रौतारले ३०७ मतमा सिमित हुँदा एमालेका दुखिलाल चौधरीले ६३४ मत ल्याएका छन् ।

राप्रपाका रमजान मियाँले ५७४ मत पाएका छन् । उता महिला सदस्यमा पनि स्वतन्त्र उम्मेद्वार रुममिनी देवी चौधरी, दलित महिला सदस्यमा डोमनी देवी पासवान र खुल्ला सदस्यमा जमिला मियानी र उस्मान मिया विजयी बनेका छन् ।