बराहक्षेत्रः स्थानीयतह निर्वाचन २०७९ अन्तर्गत बराहक्षेत्र नगरपालिका ५ वडाको अध्यक्ष पदमा रोहित काफ्लेले बाजी मारेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार काफ्लेले नेकपा एमालेका उमेदवारलाई हराउँदै आफू विजयी भएका हुन् ।

निर्वाचन अधिकृतकाअनुसार काफ्लेले १ हजार ७ सय ४५ मत प्राप्त गरेर विजयी भए भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार देभेन्द्र बिष्टले १ हजार ७ सय ६ मतमा चित्त बुझाए । त्यस्तै, अन्य उमेदवारहरुले भने हलो चुनाव चिन्हले ४ सय २२, दाप सहितको खुकुरीका उमेदवारले १४, लौरो चुनाव चिन्हले ४०, कलम चुनाव चिन्हले ८७ र ढल्केको छाता चुनाव चिन्हले २५ मत प्राप्त गरे ।

त्यस्तै, सदस्यहरुतर्फ भने नेकपा एमालेको ४ जनाको टिमनै विजयी भएको छ । जसअन्तर्गत टेक बहादुर गौतम (१७०५ ), भक्त बहादुर कार्की (१६३० ), पल्टी धामी (१७९६ ) र लक्ष्मी नेपाली (१७५८) विजयी भएको निर्वाचन अधिकृतले जनाए ।

उसो त उनीले चुनावी प्रतिस्पर्धा गर्ने वडामा लचिलो प्रतिस्पर्धा भने थिएन । यसमानेमा पनि यतिखेर नवनिर्वाचित अध्यक्ष काफ्लेलाई चट्टानको कापबाट उम्रिएको भन्ने संज्ञा दिइएको छ । अघिल्लो स्थानीयतह चुनावको मूल्यांकन गर्दा नेपाली कांग्रेसका उमेदवार दिल बहादुर पौडेलले प्राप्त गरेको दुई तिहाइ मत प्राप्त गरि नेकपा एमालेका उमेदवार राजु अधिकारी विजयी भएको वडा हो ।

काफ्लेको अर्को प्रमुख चुनौतिको रूपमा यसपटकका उमेदवारहरु हुन् । यसपटकको उक्त वडाबाट नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पुष्प नारायण राजधामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन भट्टराई, स्वतन्त्र उमेदवार सुर्य बहादुर बस्नेत र नेकपा एमालेका उमेदवार देबेन्द्र बिष्टले काफ्लेसँग प्रतिस्पर्धा गरेका थिए ।