इटहरीः धरान उपमहानगरको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङ राईले गठबन्धनका उम्मेदवारको भन्दा ३ हजार १७० बढी मतले अग्रता कायम राखेका छन् ।शुरुवाती अग्रता लिएका किशोर राई अहिले दोस्रो स्थानमा देखिएका छन् भने मन्जु भण्डारी ५ हजार कम मतले तेस्रो स्थानमा छिन् ।

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६ हजार ४४ मत ल्याएका छन् । कांग्रेसका किशोर राईले १२८७४ मत प्राप्त गरेका छन् । एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी मञ्जु भण्डारीले १०४५२ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले १५७६९ मत प्राप्त गरेका छन् । एमालेका पदम इस्वो लिम्बूले १४२५२ मत ल्याएका छन् । पदम भन्दा अइन्द्र १५१७ मतले अग्रस्थानमा छन् ।

अब धरानमा कुल खसको मत मध्ये १३५०३ मत मात्र गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।

धरानका बासिन्दाहरुले अब स्वतन्त्र उम्मेदवार हर्कले नै मेयरमा बाजी मार्ने भन्दै समाजिक सञ्जालमा बधाई दिन थालिसकेका छन् । हर्कले भने तत्कालै बधाई तथा शुभकामना दिनु पर्ने अवस्था नआएको हतार गर्न धरानका मतदाताहरुलाई अनुरोध समेत गरेका छन् ।