२०७४ सालको स्थानीय निर्वाचनमा १२ वटा वडाहरुमा आफ्नो जित हासिल गरेको कांग्रेस सांगठनिक रुपमा आफु बलियो दावी गर्दै आएको भएता पनि जारी मत परिणामले कांग्रेसलाई खुम्च्याइदिएको छ ।

सात वटा वडामा वडाअध्यक्ष सहितका पदमा जित निकालेको नेकपा एमालेले यसपटक भने १२ वटा वडामा जित निकाली सकेको छ भने बाँकी नतिजा आउने क्रममा छ तर वडामा बलियो उपस्थिती देखाउने एमालेले मेयरमा ४ हजार भन्दा बढी मतले पछाडी हुनु र मेयरमा अग्रता देखाएको कांग्रेसले बहुसंख्यक वडामा आफुलाई कमजोर देखाउनु चुनावमा कांग्रेस एक समूह(गुट)ले गतिलो राजनिति गरेको प्रष्ट संकेत गरेको छ ।

यता गठबन्धननै बनाएर एमालेलाई कमजोर बनाउन भनेर लागेको कांग्रेसले माओवादी केन्द्र, नेकपा एस र जसपासँग बहुसंख्यक वडामा आफ्नो गतिलो उपस्थिती दावी गर्दै बढी गठबन्धनलाई नदिई आफ्नै भागमा राखेको भएता पनि अहिले ती वडाहरुमा एमालेले जित हासिल गर्दै गर्दा पार्टी नेतृत्व तथा अग्रणी कार्यकर्ता चुनावी माहौलमा कसरी अगाडी बढे भन्ने प्रश्न उव्जाएको छ । भनेजति वडामा आफ्नो उम्मेदवारी नपाउने भएकैले वडामा जसपा गठबन्धनबाट बाहिरिने निर्णयमा समेत पुगेको थियो ।

अघिल्लो निर्वाचनमा वडा नम्बर १,३,६,७,८,११,१२,१५,१७ र २० आफ्नो पोल्टामा पार्न सफल भएको कांग्रेसले यसपटक वडा नम्बर ३,७,१२,१५,१६ र १७ एमालेलाई बुझाई सकेको छ भने केही वडामो मतपरिणाम आउन बाँकी छ । अघिल्लो पटक आफुले जित हासिल गरेको वडा नम्बर २ मा गुटको संरक्षण गर्ने हुँदा लोकप्रिय मानिएका उम्मेद्वार दिपेन्द्र घिमिरेलाई टिकट नदिई राजु बस्नेतलाई टिकट दिँदा कांग्रेसको हार भएको वडाका कार्यकर्ताहरुको भनाई छ ।

बस्नेतले २ नम्बर वडामा ४ सय भन्दा बढी मतले हार व्यहोरेका छन् भने नेकपा एमालेका माधव कोइरालाले सानदार जित हासिल गरेका छन् । बस्नेतपनि कांग्रेसभित्रै एक समूहको शिकार भएको इमान्दार कार्यकर्ताहरुको दावी छ । उता अघिल्लो निर्वाचनमा आफ्नो जित हासिल गरेको वडा नम्बर ३ मा पनि लोकप्रिय तथा प्रभावशाली उम्मेदवार चिन्न नसकेर अर्कैलाई टिकट दिँदा आफ्नै पार्टीको एक समूह(गुट) कै सहयोगमा स्वतन्त्र भएर बागी उम्मेदवार उठाउनु कांग्रेसका लागि घातक बनिदिएको भन्दा फरक पर्दैन ।

सांगठनिक रुपमा बलियो हुँदा हुँदै पनि गुटको राजनितिका कारणले कांग्रेसले आफ्नो वडा एमालेलाई जिम्मा दिएको सार्वजनिक भएका मतपरिणाम पनि स्पष्ट पारेको छ । उता पहिला आफुले जितेको वडा नम्बर ७ अहिले एमालेको पोल्टामा गएको छ । वडा नम्बर ७ मा झण्डै ४ सय मतान्तरले एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् ।

उता वडा नम्बर १२ कांग्रेसले आफ्नो किल्ला सुरक्षित गर्न नसक्दा एमालेले लाल किल्ला बनाएको छ । वडा नम्बर १२ मा नेकपा एमाललेका वडा अध्यक्ष उम्मेद्वारले ८२६ मत ल्याउँदा नेपाली कांग्रेसले जम्मा ५७६ मत पाएको छ । भने पहिले कांग्रेसको किल्ला मानिएको वडा नम्बर १६ मा पनि यसपालिा नेकपा एमालेले जितेको छ । एमालेका उम्मेदवारले ९ सय बढि मतले कांग्रेसलाई वडा नम्बर १६ मा पछी पारेका छन् । उता वडा नम्बर १७ मा नेपाली कांग्रेसका भगवानलाल साह सुडीले पनि पराजय भोगेका छन् । अघिल्लो कार्यकाल वडा अध्यक्ष बनेका साह यसपालि पनि प्रतिस्पर्धामा थिए तर उनले ४ सय बढि मतले हार व्यहोरेका छन् ।

१५ वटा वडाको अन्तिम परिणाम आइसक्दा सम्म नेकपा एमालेले ११ वटा वडामा विजय हासिल गरीसकेको छ भने नेपाली कांग्रेस ३ वटा वडामा सिमित बनेको छ । गठबन्धन बनेको र गठबन्धनमा पनि धेरै वडाको भागवण्डा कांग्रेसकै भएका कारण पनि यसपाली राम्रो प्रभाव पार्ने अपेक्षा धेरैले गरेता पनि वडामा नराम्रोसँग पछि पर्नु नेतृत्वका लागि समिक्षा गर्ने मुख्य विषय हो । उता मेयरमा मत हालेका कार्यकर्ताले वडा अध्यक्षमा मत अर्कैलाई हालेको या त नहालेको पाइनु पार्टी पत्तिका लागि मतदाता शिक्षानै नपुगेको कारण पक्कै होइन बरु नेतृत्वले आफुले गुटको राजनिति गरेर गल्ति गरियो कि भनेर आत्मसमिक्षा गर्नुपर्ने देखिन्छ ।