ब्याक प्याकमा एउटा सामान्य झोला, शिरमा नेपाली ढाकाको टोपी हर्क साम्पाङ्गको परिचय त्यतिमात्रै होइन् उनि विशाल हृदय भएका सामाजिक अभियान्ता हुन धरानका लागि । भोली बिहानसम्ममा उनको परिचय समाजिक अभियान्ताबाट मेयरमा बदलिने छ । हाल उनलाई आइरहेको मतले सोही कुराको संकेत गर्छ । उनि विजयको नजिक छन् भन्ने आधारहरु चाँही हाल उनले पाएको मतले स्पष्ट संकेत गरिसकेको छ । जनसरोकारको विषय र समसामयिक मुद्दामा निरन्तर खबरदारी गरि देश र धरानले जनतालाई माया गर्नेहरुको सुचिमा उनको नाम रहने उनका समर्थकहरुको भनाई छ ।

न कुनै संगठन, न राजनीतिक दलहरूको जस्तो अघिपछि हिंड्ने ठूलो संख्यामा कार्यकर्ता वा समर्थक छन् । हजारौँ कार्यकर्ता भएको धाक लगाउने राजनितिक पार्टीहरु दलवल लिएर भोट माग्न हिडिरहँदा हर्क साम्पाङ्ग एउटा माइक बोकेर आफैँ एक्लै धरानका गल्लिहरुमा माइकिङ्ग गर्दै हिडिरहे । राजनितीक दलहरुको भोट माग्ने शैली फरक थियो, उनिहरु दलवल सहित हिड्थे, महंगा गाडी सिटि रिक्सा र झण्डा र लावा लस्करै निकै खर्चालु चुनावी अभियान थियो तर हर्कको त्यस्तो देखिएन हुन त उनि चुनावको बेला मात्रै धरान घुम्दैनन् जहिल्यै घुमिरहन्छन् । कहिले खानेपानीको धारामा पानी नआउने विलमात्रै आउने समस्य बोकेर घुम्छन् त कहिले चुरे दोहन भएको विषयमा एक्लै आन्दोलन बोकेर हिड्छन् । कुनै बेला खोला दोहन भइरहेको विषयलाई लिएर पनि साम्पाङ्ग आन्दोलनमा उत्रिएका थिए ।

साम्पाङले निरन्तर जनचासोका विषय, बेथिति र भ्रष्टचारविरुद्ध आवाज उठाइरहेकाले पनि जनताको विश्वास जितेको उनका समर्थकहरको भनाई छ ।
सर्दु जलाधार अतिक्रमणविरुद्ध, खानेपानी, बसपार्क, सर्दु उत्खननमा भएको अनियमितता, विपी प्रतिष्ठानको बेथिति र नगरपालिकाको भ्रष्टाचारविरुद्ध साम्पाङले निरन्तर आवाज उठाउँदै खबरदारी गरेका छन् ।

धरान र धराने जनताको खुसीलाई केन्द्रमा राखेर सामाजिक अभियान्ताको रुपमा अघि बढेका हर्कको चर्चा अहिले चुलिमा पुगेको छ जव जव मत परिणाम उनको पक्षमा आउँदै छ । शनिवार सम्मको मत परिणाम हेर्ने हो भने उनले गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राई लाई ३ हजार भन्दा बढी मतले अग्रता लिइरहेका छन् । मतगणना जारीसंगै उनले अग्रता लिनेक्रम पनि रोकिएको छैन् ।

283284704_1067944883800516_6864848716338931691_n

लामो समय देखि धराने जनताको आधारभुत आवश्यकताको विषयमा बोल्दै आएका लाहुरेका छोरा हर्कले अरुले जस्तो लाखौँ खर्च गरेर भोट माग्नु परेन् । चुनावी अभियान सुरु हुँदै गर्दा उनिसँग चुनाव चिन्ह पनि थिएन पछि लौरो पाए अनि त्यहि लौरो टेक्दै धराने जनतालाई आफ्नो चुनावी अभियानमा जोड्दै गए

हर्ककै भाषामा भन्दा उनले भोट माग्न त्यति धेरै समय समेत खर्च गर्नुपरेन जति अरु दलले खर्च गरे । ‘अरु चुनावको बेलमात्रै आउँछन् । मैले कहिल्यै चुनावको बेलालाई लक्षित गरिन । उपभोक्तका विषयमा आवाज उठाइरहेको थिएँ । ’ हर्क भन्छन् ।

कम्युनिष्टले विरासत थामेको धरान उपमहानगरमा एउटा स्वतन्त्र व्यक्तिले लोकप्रिय मत पाइरहेको बेला सेवाको राजनिति गर्न पार्टी आवश्यक छैन भन्ने सन्देश दिइसकेको छ ।
धरान मात्रै होइन काठमाण्डौ र पोखरा जस्ता ठाँउमा पनि स्वतन्त्रलाई मत मिलिरहेको छ । लामो समयदेखि शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा आवाज उठाइरहेका साम्पागँ ‘अरुले चुनावको बेला मात्रै भन्छन् मैले दशक अगाडी देखि आवाज उठाएको हो । वीपी सुधारको लागि पनि ४ बर्ष देखि आवाज उठाइरहेको छु । ’मैले यदि जितेँ भने लापरबाहीले भइरहेको समस्या र उत्पादनको समस्या समाधान गर्नुपर्छ । कृतिम अभावलाई तत्काल समाधान गर्छु भने दिर्घकालिन आपुर्तीको लागि सप्तकोशीबाट पानी ल्याउनुपर्छ भन्ने भनाई राख्छन् ।

दिनहु जनसंख्या र घनत्व बढिरहेको धरानमा दिर्घकालिन रुपमै पानीको समाधान गर्न जरुरी छ । ‘म पहिलेदेखि नै ध्यानाकर्षण गराइरहेको भएकाले पनि त्यो क्षेत्रमा आफ्नो ठाउँबाट सहयोग गर्छु । आफ्नो क्षेत्राधिकारभित्र रहेर वीपी सुधारको विषयमा कामगर्नेछु ।’ उनले भनेका छन् । लामो ठाउँबाट आएका विरामीहरु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इमेरजेन्सि कक्ष नपाएर बाहिर राखिरहेको पाइन्छ । यदि आफु त्यहाँ पुगेदेखि आफ्नो अथोरिटि पनि हुने भएकाले दवाव पनि प्रभावकारी हुने हर्कको भनाई छ ।
आफ्नो पक्षमा भोट तान्न राजनितिक दलहरुले स्वतन्त्र व्यक्ति आए दलहरुको दलदलमा का मगर्न सक्दैनन् भन्ने भनाई राख्ने गरेका छन् । तर साम्पाङ्ग त्यसलाई तर्क मान्दैनन् ‘अरुदलले त्यो तर्क होइन त्यो कुतर्क हो । म आफ्नो भोटले मात्रै मेयर बन्ने होइन सारा धराने जनताको मत लिएर जाने भएकाले म एक्लै धरानको मेयर बन्न जाने होइन । त्यहाँ जाने भनेको सुशासनको लागि हो । कुस्ति खेल्नको लागि होइन ।

कोहि वडा अध्यक्षले पार्टीबाट आएकै कारण आफुले गर्न लागेको असल काममा रोक्छ भने जस्तो मलाई लाग्दैन । ’ उनले भनेका छन् ।

सबैजना धरानको सुशासन र विकासको लागि जाने भएकाले एक बनाएर जाने हर्कको तर्क छ । सैदान्तिक बाटो भएर आउने हो आइसकेपछि नहुने काममा अड्काउने झगडा गर्ने होइन । ‘यही उहाँहरुले पार्टीकै कारण असल काम रोक्नु भयो भने म जनतामा जान्छु । ’हर्क भन्छन् ।

लोकतन्त्रमा जनता भन्दा ठुलो कोही होइन भन्ने धारणा राख्ने हर्क हजारौँ कार्यकर्ता भएको पार्टीले किन मत नपाई एक स्वतन्त्र हर्क साम्पागँको पछि जनता आइरहेका छन् त ? भन्ने प्रश्नमा ‘जनताले दिएको सही मतको गणना गर्नुपर्छ लोकतन्त्रको रक्षा गर्नुपर्छ जसले लोकतन्त्रको रक्षा गर्दैन त्यस्तो दललाई भोली खोज्नुपर्ने अवस्था आउन सक्छ ।’ उनले भनेका छन् ।

HhU1vojoIVHVjxecAhqkYKr4kD02wOQiuLVp307h

तपाईले धरानको नगरप्रमुखमा जिते के गर्नुहुन्छ भन्ने प्रश्नमा हर्क भन्छन् ‘आफुले जित्दा खुसी हुने रुने अवस्था आउँदैन । म सदाबहार मान्छे हुँ जिते कुर्सीमा बसेर सेवा गर्छु हारे पनि जनताको सेवामा रहिरहन्छु ।’

चुरे दोहनका विपक्षमा समेत लामो समयदेखि लडाई लडिरहेका उनि धरानलाई भत्काउने पक्षमा नरहने बताउँछन् । घर टहरा भत्काउने क्रुर शासक आफु नबन्ने उनको दावी छ ।
स्वतन्त्र उम्मेदवारले लोकप्रियतालाई लिएर भने उनि आफुले अभिमत पाइरहँदा आफुले जित हासिल गरे शान्ति सुरक्षा सुदृढ बनाउने, सुचनाको अधिकार सुनिश्चित गर्ने , आफ्नो समस्या लिएर आउनेलाई कुटेर झुटै थुनामा हाल्ने प्रवृतिको अन्त्य गर्ने अठोट लिन्छन् ।

युवाको हातमा हतियार होइन्, सीप दिने र युवालाई सदुपयोग गरेर परिवर्तनको दिशामा लाग्ने उनको भनाई छ । धरानमा परिवर्तन आइसकेको बताउँने हर्कले मतदाताको अभिमतले गर्दा नै आफुलाई यो अवस्थामा ल्याएको भन्दै उनले समर्थक र विरोधी दुवैलाई धन्यवाद दिन भ्याँए ।