इटहरीः बन्जारा तथा बन्जाडे समाज नेपाल (व्यावसन) सुनसरी जिल्ला समितिको शनिवार सम्पन्न तेश्रो साधारणसभाले रुद्र बहादुर खत्री बन्जाराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजका केन्द्रिय सल्लाहाकार थिरप्रसाद बन्जाराको प्रमुख आतिथ्यमा भएको भेलाले समाजको सुनसरी जिल्ला कार्यसमितिको उपाध्यक्षमा रोहिणी बन्जारा, सचिवमा चण्डिका बन्जारा र कोषाध्यक्षमा मिना बन्जारालाई चयन गरेको छ ।

शनिवारै अवको २ बर्षे कार्यकालका लागि चयन भएका सदस्यहरुमा गणेश बन्जारा, प्रकाश बन्जारा, लक्ष्मीदेवी बन्जारा, कुशुम बन्जारा, कमला बन्जारा र विर बहादुर बन्जरा रहेका छन् ।

साधारण सभाले ५ सदस्यीय सल्लाहाकार समिति समेत बनाएको छ । सल्लाहाकार समितिमा तिलक बहादुर खत्री बन्जारा, ध्रुव बहादुर खत्री बन्जारा, जय प्रसाद बन्जारा र नन्दलाल बन्जारा रहेका छन् ।

भेलाले सुनसरी जिल्लाभरी छरिएर रहेका बन्जारा बन्धुहरुको खोजी गरी सदस्यता विस्तार गर्ने र वंशावली तयार गर्न केन्द्रिय कार्यसमितिमा विवरण पठाउने निर्णय समेत गरेको छ ।सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष रुद्र बहादुर खत्री बन्जाराको सभापतित्वमा सम्पन्न भएको भेलामा चन्दन शर्मा बन्जारा, प्रदेश संयोजक जगत बन्जारा लगायतको उपस्थिती रहेको थियो ।