इटहरीः २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको इटहरी उपमहानगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसका चन्देश्वर सरदार निर्वाचित भएका छन् ।

दलित समुदायबाट प्रतिनिधित्व गरेको सरदार इटहरीमै पहिलोपटक दलित समुदायबाट उनि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।नेपाली कांग्रेसका चन्देश्वरले १ हजार ५४१ मत ल्याउँदा नेकपा एमालेका शिवनारायण चौधरीले १ हजार ४२८ मत पाएका थिए ।

सरदारको प्रतिद्धन्दी बनेका चौधरी यसअघि ०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।  वडा नम्बर १३ को महिला सदस्यमा कांग्रेसकी प्रियङ्का चौधरी, दलित महिला सदस्यमा गुञ्जा सरदार, खुल्ला सदस्य (एक चिह्न) मा दुर्गाप्रसाद कट्टेल र खुल्ला सदस्य (दुई चिह्न) मा एमालेका नयन्द्र बस्नेत निर्वाचित भएका छन् ।