बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका ७ को वडाध्यक्षमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार कपिल आचार्य विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय बराहक्षेत्रका अनुसार आचार्य २ हजार ३ सय ७३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार होमनाथ निरौलाले २ हजार ५४ मत पाएका छन् ।

नेकपा एमालेबाट महिला सदस्यमा २ हजार २ सय ९५, दलित महिला सदस्यमा २ हजार २ सय ५१, खुल्ला सदस्यमा २ हजार २ सय २९ र खुल्ला सदस्यमा २ हजार १ सय ४५ मत प्राप्त गरि विजय भएका हुन् ।