इटहरीः गाविसबाट नगरपालिका हुँदाको निर्वाचनमा र गठतन्त्र स्थापनापछि उपमहानगर बनेको समयमा भएको स्थानीय तहको निर्वाचनमा एमलले विजयी हासिल गरि लालकिल्ला बनाएको इटहरी उपमहानगरपालिमा ०७९ को निर्वाचनमा नेकपा एमालेले मेयर पदमा पराजय भोग्नु परेको छ ।

इटहरी उपमहानगरपालिकाको मेयरका लोकतान्त्रि गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् ।
उनले ३३६९० मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका यामकुमार सुब्बाले २८५९० मत मात्र प्राप्त गरेका छन् । पौडेलले ५१०० मत अन्तरले सुब्बालाई पराजित गरेका हुन् । 

उपमेयरमा एमालेकी संगीताकुमार चौधरी विजयी भएकी छन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका केशबकुमार बिष्टलाई फराकिलो १२ हजार मत अन्तरले पराजित गरेकी हुन् । 
इटहरीको वडा नम्बर ११ को मतगणना सकेर अन्तिम रुचु गर्ने कार्य भईरहेको र केही समयपछि इटहरीको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भईरहेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

281903142_742990610050092_5627685419663203765_n

एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी चौधरीले भारी मत अन्तरले विजय प्राप्त गर्दा मेयरका उम्मेदवार सुब्बाले पराजय भोग्नुलाई एमालेमा एकले अर्कालाई अन्तरघात गर्नु, विपक्षीसंग पैसामा विक्नु, सहि उम्मेदवार छनौट नहुँनु र उपमेयर लगायत इटहरी अधिकांश वडाहरु एमालेले विजय हासिल गर्नुमा नेतृत्वकर्ताहरुको गम्भिर कमजोरी भएको टिकाटिप्पणी शुरु भएको छ । यो परिणामले एमालेका नेता तथा कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि समेत बढेर गएको छ । उता कांग्रेस भित्र पनि ०७४ को निर्वाचनमा १२ वटा वडामा विजय हासिल गरेको ०७९ मा आएर ५ वटामात्र सिमित रहनु तर मेयर पदमा चाँही विजयी हासिल गर्नुले पार्टी भित्र गुट चलाउने नेताहरुको गम्भिर त्रुटि भएको भन्दै असन्तुष्टिहरु चुलिएको छ । 

नगरपालिका भएको बेला मेयरमा एमालेका सर्वध्वज साँवा र उपमेयरमा रेवतीरमण भण्डारी विजयी भएका थिए । गणतन्त्र आएपछि ०७४ भएको स्थानीय तह निर्वाचनमा एमालेबाटै मेयरमा उम्मेदवार बनेका द्धारिकलाल चौधरी र उपमेयरमा लक्ष्मि गौतम विजयी भएकी थिइन् । सो ताकाको निर्वाचनमा कांग्रेसका रोहित प्रसाई र बिमला शिवाकोटी पराजित भएका थिए । ०७४ निर्वाचनमा नेपाली कांग्रेसले १२ वटा वडा विजयी हासिल गरेको थियो । ०७९ मा मेयर पदमा विजयी भएपनि ५ वटा वडामा मात्र कांग्रेस विजय भई खुम्चिएको छ ।

यी हुन् एमालेले इटहरी जितेका वडाहरुः

नेकपा एमालेले जितेका वडाहरु २,३,४,५,७,९,१०,११,१२,१५,१६,१७,१८,१९,प्यानलै
वडा नम्बर १ नं ६ बाट १–१सदस्य

यी हुन् कांग्रेसले जितेका वडाहरुः

नेपाली कांग्रेसले जितेका वडाहरु १,६,८,१३,२०

यो हो स्वतन्त्रले जितेको वडा
वडा नम्बर १४