इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एमालेका जितेन्द्र थापाको प्यानलै विजयी बनेको छ ।

नेपाली कांग्रेसका गोविन्द्र घिमिरेलाई ३८० मतले पराजित गर्दै थापाले वडा नम्बर ९ को वडा अध्यक्ष पदमा विजयी बनेका हुन् । कांग्रेसका वडाध्यक्ष उम्मेदवार घिमिरे नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व जिल्ला सभापति पनि हुन् ।

एमालेका उम्मेदवार थापाले १ हजार ४६० मत ल्याउँदा निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोविन्द घिमिरेले ९८० मत प्राप्त गरेका थिए ।

यसैगरी दलित महिला सदस्यमा एमालेकै राधिका विश्वकर्मा पौडेलीले १ हजार ३५४ मत पाइन भने महिला सदस्यमा सञ्जु प्रद्यानले १ हजार ३४१ र खुल्ला सदस्यमा एमालेकै कल्पन कुमार घिमिरेले १ हजार २४५ र शिवराम शर्माले १ हजार २४३ मत पाएर विजयी बनेका छन् ।

280910831_4961362927306134_5010272126436577069_n