विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम आउन केही समय बाँकी हुँदा नेकपा एमालेका केदारप्रसाद गुरागाईँले मतान्तर बढाउँदै लगेका छन् ।

५१९४६ मत खसेको सुन्दरहरैंचामा ४६८३७ मत गनिसकिएको छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका केदारप्रसाद गुरागाईँ ४३५ मतान्तरले मुख्य प्रतिष्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद ढकालभन्दा अगाडि छन् ।

गुरागाईँले १९६९४ मत ल्याउँदा ढकालले १९२५९ मत ल्याएका छन् ।

नगर उपप्रमुखतर्फ नेकपा एमालेकी अकली चौधरीले २०७५६ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले १०६२१ मत ल्याएका छन् ।