इटहरीः ०७९ को बैशाख ३० गतेको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् ।

इटहरीको २० वटा वडा मध्ये १४ वटामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस ५ वटा वडामा खुम्चिएको छ । एउटा वडामा एमालेबाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका विजयी भएका छन् ।

एमालेबाट विजयी वडा र वडाध्यक्षहरुः
१.वडा नम्बर २ माधब कोइराला
२.वडा नम्बर ३ उमेश सुवेदी
३.वडा नम्बर ४ भक्त लामा
४.वडा नम्बर ५ भीष्म कुमार घिमिरे
५.वडा नम्बर ९ जितेन्द्र थापा
६.वडा नम्बर १० अबधेश चौधरी
७.वडा नम्बर ११ केशब कोइराला
८. वडा नम्बर १२ भुवन राज पोखरेल
९.वडा नम्बर १५ जय नारायण चौधरी
१०.वडा नम्बर १६ तेज नारायण चौधरी
११.वडा नम्बर १७ प्रताप आचार्य
१२.वडा नम्बर १८ रामकुमार चौधरी
१३. वडा नम्बर १९ श्रीनारायण चौधरी
१४. वडा नम्बर ७ देवनारायण चौधरी
स्वतन्त्र
१.वडा नम्बर १४ रमेश चौधरी

कांग्रेस बाट विजयी वडा र वडाध्यक्षहरुः
१.वडा नम्बर १ कैलाश कार्की (रतन)
२.वडा नम्बर ६ दिवस पोख्रेल
३.वडा नम्बर ८ रोहित चौधरी
४.वडा नम्बर १३ चन्द्रेश्वर सरदार
५. वडा नम्बर २० मणिराम श्रेष्ठ