सुन्दरहरैंचाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका डा.प्रकाश भट्टराईले यस्ता सुझाव दिए भावी मेयरलाई

  • जेठ ८, २०७९
  • २१८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटचोकः विश्वका नामी विश्वविद्यालयमा द्वन्द्व व्यवस्थापन विषयमा अध्ययन गरेका डा.प्रकाश भट्टराई सुन्दरहरैंचाको मेयर पदमा उम्मेद्वार रहेका थिए । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार विजयको नजिक हुँदा सुन्दरहरैंचामा भने डा. भट्टराईलगायतका उम्मेद्वारले अपेक्षाकृत मत ल्याउन सकेनन् ।

सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम आउन लागेको समयमा आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै डा.भट्टराईले सुन्दरहरैंचाका भावी मेयरलाई जननिर्वाचित प्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका विभिन्न १० सुझाव दिएका छन् ।

यस्ता छन् डा. भट्टराईले दिएका १० सुझावः
१ सम्पूर्ण जननिर्वाचित प्रतिनिधिहरुको सम्पत्ति बिवरण तथा हाल आबद्ध रहेका पेशा तथा ब्यबसायहरुको बारेमा सार्बजनिक गर्नुपर्ने। आफ्नो पेशा व्यवसायलाई फाइदा पुर्याउने गरी कुनै पनि नीतिगत निर्णय गरिने छैन भनी सार्बजनिक रुपमा प्रतिबद्धता जनाउनु पर्ने।
२ नगरपालिकाको हालको आर्थिक, प्रशासनिक तथा अन्य अबस्थाको बारेमा ३० दिन भित्र स्वेतपत्र जारी गर्नुपर्ने र त्यो संगसंगै आगामी दिनमा सुधार गर्नुपर्ने मुख्य क्षेत्रहरुको बारेमा आफ्नो प्रतिबद्धता सहित पारदर्शी ढंगले नागरिक माझ प्रस्तुत गर्ने।
३ दलगत स्वार्थबाट माथि उठेर समग्र नगरबासीको हितका लागि स्थानीय सरकारको सफल र प्रभावकारी रुपमा संचालन गर्छु भन्ने ब्यबहारिक प्रतिबद्धता जनाउनु पर्ने। सुन्दरहरैचा स्थानीय सरकार लाई जनताको सरकार तथा सेवक सरकारको रुपमा सबै स्थानीयबासीहरुले अनुभूत हुनेगरी संचालन र ब्यबस्थापन गर्ने।
४ सुन्दरहरैचा नगरपालिका भित्र उपलब्ध प्रशासनिक ( वडा तथा मुख्य कार्यालयहरु बाट प्रदान गरिने सेवा) तथा विकासमुखी (स्वास्थ, शिक्षा, कृषि, रोजगारी, एबं पूर्वाधार केन्द्रित) सेवा प्रबाहलाई हरेक नागरिकको सहज पहुचमा पुग्ने बातावरणको सिर्जना गर्ने। सेवा लिनको लागि कुनै दलको मान्छे या बिचौलियाको सहयोग लिनैपर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने।
५ उपभोक्ता समितिको पारदर्शी ढंगले गठन गर्न, यसको खर्च प्रक्रियालाई पारदर्शी ढंगबाट संचालन गर्न, तथा नगरपालिका कार्यालयले उपभोक्ता समितिको बिल फस्र्यौट गर्दा पाउने सास्तीको अन्त्य गर्न कानुनी तथा नीतिगत सुधारका लागि पहल गर्न प्रतिबद्धता जनाउनु पर्ने।
६ सुन्दरहरैचाबासी युवा, महिला, जेस्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, तथा सामाजिक तथा आर्थिक रुपमा पछाडी पारिएका दलित तथा अल्पसंख्यक समुदायहरुको अधिकतम हितमा प्रयोग गर्नका लागि सार्बजनिक प्रतिबद्धता गर्नु पर्ने।स्थानीय नागरिकको प्रत्यक्ष र अर्थपूर्ण सहभागितामा नीति तथा योजना निर्माण गर्न तथा हरेक विकास निर्माणका कार्यहरु सोही बमोजिम संचालन गर्ने बातावरण तयार पार्न प्रतिबद्धता जनाउनु पर्ने।
७ स्थानीय र राष्ट्रिय रुपमा ख्यातिप्राप्त बिषयगत बिज्ञहरुको प्रत्यक्ष सुझाब सल्लाहमा सुन्दरहरैचा स्थानीय सरकारलाई संचालन गर्न प्रतिबद्धता जनाउनु पर्ने।
८ तथ्यांक र अनुसन्धानमा आधारित नीति तथा योजना निर्माण प्रक्रियालाई ब्यबहारत लागु गर्न र त्यसको प्रतिफल नगरबासी लाई प्रदान गर्न प्रतिबद्धता गर्नु पर्ने। सामाजिक, आर्थिक, तथा पूर्वाधार विकासलाई समान किसिमले लिदै यी तिनै क्षेत्रहरुमा समानुपातिक ढंगले बजेट बाडफाड गरी हरेक क्षेत्रमा ५ बर्ष भित्र नगरबासीले अनुभूत गर्ने गरी अब्बल नतिजा हासिल गर्नका लागि प्रतिबद्धता गर्नुपर्ने।
९ सुन्दरहरैचा स्थानीय सरकारको शासन प्रणालीलाई ब्यबहारिक रुपमा नै जवाफदेही, पारदर्शी र सुशासन युक्त बनाउने कार्यको लागि प्रतिबद्धता जनाउनु पर्ने।
१० हिंसा तथा अपराधहरुको न्यूनीकरण, बातावरण मैत्री बिकास पूर्वाधारको निर्माण, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ सेवाको सुनिस्चितता, दिगो आर्थिक बिकासका गतिविधिहरु, तथा हरेक नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति मार्फत सुन्दर हरैचालाई हरेक दृस्टीकोण बाट बस्नयोग्य र गर्बगर्न लायक नगरको रुपमा ५ बर्ष भित्र विकास गर्न प्रतिबद्धता ब्यक्त गर्नुपर्ने।

प्रतिक्रिया दिनुहोस

धरानका मेयर हर्क साम्पाङको बोल्ड निर्णयः फोहोर गर्नेलाई ऐनअनुसार कारबाही गरिने

धरानः सडकमा जथाभावी फोहोर फाल्नेलाई धराान उपमहानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । मङ्गलबार ब ...

सम्मानसँग स्वास्थ्योपचार पाउने भएपछि खुसी मुद्रामा पूर्वखेलाडी

विराटनगरः आफ्नो जीवनको लामो समय फुटबलमा व्यतित गरेका पूर्वफुटबल खेलाडी हरि खड्का आइतबार विराटनगरमा भ ...

राजस्थानी स्वाद चखाउन इटहरीमा खुल्यो राजस्थानी ढावा

इटहरी: भारतको हरियाणा तथा राजस्थानमा पाइने स्वादिलो खाना सेट ख्वाउन इटहरीमा राजस्थानी ढावा सञ् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved