धरानः सुनसरी जिल्लाको दोस्रो ठुलो पालिका धरान उपमहानगरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ्गले भारी मतान्तरले नगरप्रमुखमा विजय हासिल गरेका छन् ।

लामो समयदेखि सामाजिक अभियान्ताको रुपमा चिनिएका साम्पाङ्गले राजनितिक दलहरुलाई चुनौति दिँदै नगरप्रमुखमा जित निकालेका हुन् ।

राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राईले फराकिलो मतान्तरमा जित हासिल गरेका छन् ।

283628795_2205261732959851_3280726295071355958_n

मतगणनाको शुरुदेखिनै दोस्रो भुमिकामा देखिएका साम्पाङ्गले सत्ता गठबन्धनका तर्फबाट मेयर पदको उम्मेद्वार बनेका किशोर राईलाई ४ हजार ७ सय ५२ मतानतरले हराउँदै जित निकालेका हुन् ।

हर्कले २० हजार ८ सय २१ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राइले १६ हजार ५९ मत पाए ।

उता मेयरको प्रतिस्पर्धामा उत्रिएकी तत्कालिन उपमेयर नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् । उनले तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । त्यसैगरी धरान उपमहानगरको उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेद्वार आइन्द्र विक्रम बेघाले जित निकालेका छन् । उनले नेकपा एमालेका उम्मेद्वार पदम इश्वोलाई पछि पार्दै जित निकालेका हुन् ।