विराटचोकः गठबन्धनका उम्मेद्वारसहित अन्य ७ जना उम्मेद्वारलाई पछि पार्दै नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी छिन् । चौधरीले २२४५२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेद्वार नवराज चापागाईँले ११३०० मत ल्याए ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेद्वार सुमित्रा बस्नेतले २२४९ र नेकपा एकीकृत समाजवादीका उम्मेद्वार महेशकुमार आचार्यले १०२३ मत ल्याए ।

स्वतन्त्र उम्मेद्वार कमलादेवी अधिकारीले २९१, मंगोल नेशनल अर्गनाइजेशनकी सानी राईले १२०, विवेकशील साझाकी सन्ध्या दाहालले १११ र स्वतन्त्र उम्मेद्वार मानबहादुर सार्कीले १ मत ल्याए । मेयर पदमा एमालेका केदारप्रसाद गुरागाईँ विजयी भएका छन् ।