बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ को भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको बाह्रदशी–७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड–२ बस्ने जनक सुन्दास रहेका छन् । मे ५ प ३६३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको सवारी जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाइछिपाइ राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।