इटहरीः सपोर्ट लघुवित्त वित्तीय संस्थाले धनकुटाको छथर जोरपाटीमा दुई दिने दुग्धबाट बन्ने परिकारसम्बन्धीको व्यावसायिक तालिम संचालन गरेको छ ।

शनिवार र आइतबार संचालन भएको तालिम सुनसरीको इटहरीमा केन्द्रिय कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यलाई लक्षित गरी संचालन गरेको हो ।
तालिममा दुग्ध विकास बोर्डका शंकर अधिकारीले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।

281694400_527218722291898_4946312942926099852_n

सपोर्टले संचालन गरेको उक्त तालिममा धनकुटा जिल्लामा रहेका शाखा कार्यालयहरु धनकुटा र सिधुँवाका ३४ जना सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त २ दिनको तालिममा सदस्यहरुलाई दही, पनिर, रसभरी, गुलाव जामुन, मिल्क केक, लस्सी, खुवा, पेडा, लालमोहन, गुंदपाक, पुष्ठकारी बनाउन सिकाईएको सपोर्टले बताएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै संस्थाको प्रमुख कार्यकारी अधिकृत कुलमणि तिम्सिनाले लघुवित्त संस्थाको छुटै पहिचान बनाउँदै प्रदेश नं १ का विभिन्न जिल्लामा शाखा संञ्जाल विस्तार गरी वचत तथा ऋणको कारोबार संगै सामाजिक कार्य पनि गर्दै आएको बताए ।

281915933_329345995936775_5312586497176588602_n

समापन कार्यक्रममा छथर जोरपाटी गाउँपालिका प्रमुख छत्र सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो भने गाउपालिका उपाध्यक्ष गीता खेवा, छथर जोरपाटी गाउँपालिका वार्ड नं ६ का वडा अध्यक्ष दिपक गुरुगँ, जोरपाटी, सिधुवा प्रहरी ईन्चार्ज भल बहादुर कटुवाल, सिधुवा र धनकुटा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको बताइएको छ ।कार्यक्रमको अबसरमा सम्पुर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको छ ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शमा, लक्ष्मी लघुवित्तका संचालक डा गणेश भटराई लगायतको समेत उपस्थिती रहेको थियो ।उक्त कार्यक्रममा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृतले सपोर्ट लघुवित्तले एकदमै उदाहरणी काम गरेको र यस कार्यले गरिब जनता तथा सदस्यहरुलाई व्यवसायिक रुपमा आत्मनिर्भर बन्नलाई टेवा पुर्याएको बताए ।

साथै विशेष अतिथि तमर डरीको प्रबन्ध निर्देशक योजना अधिकारीले यस तालिमले सदस्यहरुलाई व्यावसाय गर्न अझ थप मदत पुग्ने कुरा बताए । उक्त कार्यक्रमको अन्तीम दिन सहभागि सबै सदस्यहरुलाई संस्थाको प्रमख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष प्रदिप अधिकारी मार्फत प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

281857776_577152394017270_7470458036414612590_n 282159285_1764532177216290_1527537887050525298_n 281799439_5896872987006545_5270022999741231001_n