विर्तामोडः झापा जिल्लामा स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीलाई कमजोर ठानी गठबन्धन र्न नगर्ने भन्दै कांग्रेस र माओवादीका जिल्ला नेताहरुले ‘बाइपास’ गर्दा चुनावी परिणाम सोचेभन्दा फरक आएको छ ।

झापामा नेकपा एसलाई वाइपास गर्दा सबैभन्दा ठूलो नोक्सान कांग्रेसलाई भएको छ । कांग्रेस र माओवादी मात्रै तालमेल गरेपनि दुवैलाई त्यसले नोक्सान मात्र गरेको सार्वजनिक परिणामले पुष्टि गरिदिएको छ ।

झापामा दमक, भद्रपुर र कमल गाउँ पालिका बाहेकका १२ पालिकामा दलहरु बीच गठबन्धन भएन । ती सबै ठाउँमा काङ्ग्रेस र माओवादीको मात्र चुनावी तालमेल भयो । दमकमा राप्रपालाई मेयर दिने गरि आम सहमति भएको थियो । त्यहा नेकपा एस र जसपा एक्लै लड्यो । त्यो बाहेक कचनकवलमा त्यही राप्रपा हराउन काङ्ग्रेस र एमाले मिलेका थिए ।

काङ्ग्रेसले दमक बाहेक सबै प्रमुख लिने र माओवादीले ९ वटा उप प्रमुख लिने आपसी सहमति गरेको थियो । सो कुरा बाहिर आएपछि नेकपा एकीकृत समाजवादी र जसपा गठबन्धनबाट बाहिरिन बाध्य भएको थियो । जसको परिणाम काङ्ग्रेसले पहिले जितेका नगर पनि गुमाउनु परेको छ ।

राष्ट्रियस्तरमा गठबन्धनमा सामेल भए पनि झापामा आम सहमति हुन सकेन् । त्यसको मुल कारण काङ्ग्रेसभित्रको अन्तबिरोध देखियो । जसका कारण विश्वप्रकास शर्माले आफ्नो नगर गुमाए भने टिकटको ब्यवस्थापन गर्न नसक्दा जिल्ला सभापति देउमान थेबेले आफ्नो गृह नगरमा जित्ने संभावना पनि गुमाएका छन् ।

माओवादीले काङ्ग्रेसको मात्र भर पर्दा ०७४ कै स्थितीमा सिमित बन्यो । त्यो बेला उसले ६ वटा वडा मात्र जितेको थियो । उसले काङ्ग्रेससँग मिलेर ९ वटा उप मेयर लिएपनी एउटा पनि जित्न सकेन । अन्ततः ती उप प्रमुख एमालेको भागमा पुग्यो । सबैलाई मिलाएको भए त्यो जोगाउन सकिने चर्चा यतिबेला झापा जिल्लाभरी भईरहेको छ ।

एकीकृत समाजवादी प्रति गठबन्धनका दलहरु झापामा असहिस्णु देखिए । मिलाएर जानू उचित हो भन्ने नठान्दा काङ्ग्रेस र माओवादीले धेरै ठाउँमा पराजय भोग्नु पर्यो । जस्तो सबै दल मिलेको भए मेचीनगर, कनकाई, शिव सतासी, गौरादह, बिर्तामोड, अर्जुनधारा, बाह्र्दशी एमालेले नजित्ने विश्लेषण भईरहेको छ ।

दमकमा राप्रपा, कमलमा काङ्ग्रेस र गौरीगन्जमा काङ्ग्रेस जिताउन भने सबैजसो मिलेको पाइयो । तर गौरिगन्जमा नेकपा एस र जसपा एक्लै लडेको थियो ।जनता समाजवादी पार्टीहरुले पनि आफ्नो कुटनीतिशास्त्र प्रस्तुत गर्न सकेनन् । जसका कारण पछि पर्यो । तै पनि झापाको समग्र परिणाम ०७४ सालकै स्थितिमा पुग्यो । त्यो बेला एमालेले ७ प्रमुख, काङ्ग्रेसले ५ प्रमुख र राप्रपाले ३ प्रमुख जितेको थियो । तर यो पटक राप्रपाले एउटा प्रमुख गुमाएको छ ।

झापामा कृष्ण सिटौलाले आफ्नो भुभागमा गुमेको अस्तित्व फर्काउन सफल भने भएका छन् । उनको क्षेत्र भद्रपुर र कचनकवल कांग्रेसले जितेको छ । तर विश्वप्रकाशले भने आफ्नो गृह नगर मेचीनगर गुमाए । केपी ओलीले भने आफ्नै नगर दमक गुमाए, जितेको कमल हारे । राजेन्द्र लिङ्गदेनले आफ्नो भाईलाई हल्दिबारीमा जिताए पनि आफ्नो कोर एरीया मानिएको कचनकवल गुमाए ।