इटहरीः धरान उपमहानगरपालिकाका नव निर्वाचित उप मेयर आइन्द्र विक्रम बेघाले सोमबार पदभार ग्रहण गरेलगत्तै धरान १३ मा रहेको वीपी कोइराला र धरानको हरियाली सामुदायीक वनभित्र रहेको धरानका पुर्व मेयर तारा सुव्वाको शालिकमा समेत माल्यार्पण गरेका छन् ।

मेयर हर्क साम्पाङ्गबाट सपथ लिए लगत्तै उपमेयर बेघा पदभार ग्रहण गर्न उपमहानगरको कार्यलय पुगेका थिए । गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेद्वार बनेका बेघाले पदभार ग्रहण गरीरहँदा गठबन्धनका मेयर पदका उम्मेद्वार किशोर राई पनि साथमै देखिए ।

पदभार ग्रहण गरे लगत्तै बेघाले धरान–१३ स्थित बिपि पार्कमा रहेको बिपि कोइरालाको शालिकमा माल्यार्पण गरे।महामनव बिपि कोइरालाले देखाएको बाटोमा हिड्नुपर्ने बेघाले बताएका थिए । त्यस लगत्तै हरियाली सामुदायिक वनमा रहेको धरानका पुर्ब मेयर स्व तारा सुब्बाको शालिकमा माल्यार्पण गरे ।

281347685_2423587197783167_1373753446598037186_n

 

स्वर्गीय तारा सुब्बाले देखाएको बाटोमा हिड्ने बताउदै उप–मेयर बेघाले धराने जनतालाई धोका नदिने प्रतिबद्धता ब्यक्त गरे।त्यस लग्गत्तै धरान–३ स्थित जसपा को पार्टी कार्यालयमा रहेको पुर्ब मेयर स्वर्गीय ध्यान बहादुर राईको शालिकमा माल्यार्पण गरे । आधुनिक धरान निर्माणको खाका कोर्ने स्वर्गीय ध्यान बहादुर राईले देखाएको बाटोमा हिड्ने उप–मेयर बेघाले बताए ।

पदभार ग्रहण गर्दै गर्दा उपमेयर बेघाले दु्रत न्याय सेवा दिने गरी सिघ्र इजालस सन्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । उपमहानगरको न्यायिक समितिको संयोजक उपमेयर रहने भएकाले उनले निवेदन पाउना साथ पिडित र पिडकलाई तत्काल बोलाएर न्याय दिने निर्णयमा हस्ताक्षर गरेका छन् । मेयरमा निर्वाचित हर्क साम्पाङ्गले भने आज मंगलबार पदभार ग्रहण गरेका छन् ।