धरानः प्रहरीले धरान ५ स्थित तल्लो देउरालीमा एकजना पुरुषको शव काटिएको अवस्थामा फेला पारेको छ ।

माथिल्लो सेउती पुलमुनि सेउती खोलामा एकजना पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । सुन्दरबस्ती नजिक सेउती खोलाको किनारामा करिब ३५ देखि ३९ वर्ष उमेरका एकजना पुरुषका शव फेला परेको हो ।

शवको घाँटीको पछाडि भागमा काटिएको छ, गहिरो चोट पनि भएको प्रहरीको भनाई छ । शवको पहिचानका लाग अनुसन्धान भइरहेको बताईएको छ ।

घाँटीको पछाडि भागमा गहिरो चोट र अन्यतिर पनि टाटैटाटाजस्तो देखिएको उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

खोलामा काम गर्न पुगेका स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव बीपी प्रतिष्ठानमा ल्याएर पोष्टमार्टमको लागी वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।