इटहरीः सात वर्षअघि आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपल राज खड्का काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टिमले लुकिछिपी बस्दै आएका ३६ बर्षीय खड्कालाई पक्राउ गरेको हो ।

उनलाई आजै जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर अदालत उपस्थित गराइने सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । साढे ३० बजेको उडानबाट विराटनगर हुँदै जिल्ला अदालत इनरुवा सुनसरी पेश गर्ने प्रहरी स्रोतले बताएको छ ।

खड्का विरुद्ध छात्राले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिइएकी थिइन । प्रहरीले समेत आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेपनि खड्का भने फरार थिए । उनी विरुद्धको मुद्दा हाल मुल्तबीमा रहेको कारण उनलाई आजै सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने जनाइएको छ ।

खड्का हाल काठमाडौँको नेपालटारमा रहेको सिद्धार्थ ईंङलीस बोडिङ स्कुलमा प्रिन्सिपलकै रुपमा कार्यरत थिए । पीडित युवतीले सामाजिक सञ्जालमा उनी विरुद्ध पोष्ट गरेपछि त्यहाँबाट खड्का फरार थिए ।

इटहरीस्थित तत्कालीन ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल रहेका खड्काले २०७२र७३ मा १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला यी युवतीमाथि बलात्कार गरेको आरोप छ । यस्तै उनले उपचार गराउने बाहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको पीडित युवतीको दाबी छ । खड्काले बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको बताइएको छ ।