बराहक्षेत्रः नेकपा (माओवादी केन्द्र)का सुनसरी जिल्ला सचिवालय सदस्य हेमनारायण मण्डल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, उपाध्यक्ष निलम खनाल लगायतले मण्डललाई एमालेमा स्वागत गरेको जिल्ला सचिव राम कोइरालाले जानकारी दिए । नवप्रवेशी मण्डल माओवादी केन्द्रका भोक्राह नरसिंह गाउपालिकाका कमिटी अध्यक्ष समेत हुन् ।

यसैबीच माओवादी स्रोतले भने मण्डल निर्वाचनअघि नै एमालेलाई सहयोग गर्दै आएको र एमाले प्रवेश गर्ने योजनामा रहेकोले नौलो कुरा नभएको प्रतिक्रिया दिएको छ ।

स्थानीयतह निर्वाचन २०७९ मा उनी गाउँपालिका उपाध्यक्षको उमेदवार समेत बनेका थिए । माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका उनले ३ सय मत मात्रै प्राप्त गरे ।

स्रोतकाअनुसार नेता मण्डल अलोकप्रिय भएकै कारण चुनावमा लज्जास्पद नतिजा प्राप्त गरेपछी उनी एमाले प्रवेश गरेका हुन्, यसले पार्टीलाई कुनै असर गर्दैन ।