धरानः धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौकमा पुगेका छन् ।

क्लिन धरानको अभियान सहित मेयर राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै धरानको मुटु मानिएको भानु चौकमा सरसफाईको लागि आफ्ना सहयोगी सहित भानु चौक पुगेका हुन् ।

281423464_5726196910740932_9100978446278980784_n

राईले झाडु लिएर आफैले सफाई समेत गरेका छन् भने मेयर आफै सरसफाईमा जुटेपछि सहयोगी र अभियान्ताहरुले पनि राईलाई साथ दिएका थिए ।

कार्यभार सम्हालेको दिनको भोलिपल्टै बुधबार खानेपानीको मुहारको सफाई गर्न सर्दुको मुहानमा पुगेका मेयर राईले त्यहाँ समेत फोहोर नगर्न र नियमित सरसफाई गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

283287251_478097337423144_2256596863307978129_n

बुधबारै मेयर राईले बिहिबार हुने सरसफाई कार्यक्रममा सहभागि हुन आफ्नो सामाजिक संजालको प्रयोग गर्दै धरानेलाई झाडु बोकेर सहभागिहुन अनुरोध गरेका थिए ।

आफुले खाएको अथवा आफुले गरेको फोहोर आफैँले व्यवस्थापन नगर्ने बानीका कारण धरान लगायत देशका धेरै शहरमा यस्तो समस्या भएको मेयर साम्पाङले बताए ।

दुनिँयाले फोहोर गरिराख्ने र सिमित सरसफाई कर्मीले चाँही सफाई गरिरहनु पर्ने भन्दै उनले हाम्रो आदतका कारण यस्तो भएकाले आदतलाई सुधार्न आग्रह गरेका छन् ।

281613764_5726197107407579_445942680750772127_n

अवको ६ महिनामा धरानलाई क्लिन सिटिको रुपमा घोषणा गर्ने आफ्नो योजना भएकाले अव सबैले यसमा ध्यान दिन उनले आग्रह गरेका छन् । ‘अव उप्रान्त हामीले सडकमा केही पनि फोहार नफालौँ त्यसो भयो भने धरान यति सफा हुन्छ ।’

धरानको ड्रेनमा पानीको बोटल, वियरको बोटल, लगायत थुप्रिएको र जसले गर्दा लामखुट्टै आउने र त्यसैले डेँगु जस्ता समस्या पनि निम्त्याने भएकाले फोहोरको व्यवस्थापनमा लाग्न सबै धरानलेलाई उनले आग्रह गरेका छन् ।

आफुले गरेको आग्रह नमाने फोहोर फाल्नेलाई जरिवाना गर्ने नियम ल्याउन पनि आफु पछि नपर्ने उनको संकेत थियो । अभियान्ता र पत्रकारका विचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बिच बिचमा डस्विन राख्न निर्देशन गरेका छन् । यसैविच मेयर राईले धरानको भानुचोकमा रहेको पव्लिक ट्वाइलेटको समेत निरिक्षण गरेका थिए ।

सरसफाईमा व्यस्त रहेका राईले फोटो खिच्न आएका आफ्ना शुभचिन्तकलाई फोटो अहिले होइन ल काममा छु भन्दै सफाईमा लागेका थिए ।