लिम्बुवान नेता वीर नेम्वाङलाई एक लाखको काङ्सोरे पुरस्कार

  • जेठ १२, २०७९
  • ४२६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

लन्डनः विगत चार दशकदेखि लिम्बुवान आन्दोलनको मुद्दा उठाउँदै आएका पुराना नेता वीर नेम्वाङलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान दिएको भन्दै समाजले नेम्वाङलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

समाज यूकेले मे १७ मा बैठक बस्दै नेता नेम्वाङलाई काङ्सोरे पुरस्कार प्रदा नगरिने निर्णय भएको अध्यक्ष छत्र वनेमले जानकारी दिए । ‘लिम्बुवान स्वायत्तताको मुद्दालाई शान्तिपूर्वक तर सशक्त ढंगले निरन्तर चार दशकदेखि उठाउनुका साथै याक्थुङ भाषाको विकास र प्रबद्र्धनमा अथक योगदान पु¥याएबापत,’ अध्यक्ष वनेमले भने, ‘वीर नेम्वाङलाई पहिलो पटक काङ्सोरे पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौँ ।’ पुरस्कारको राशी एक लाख नेपाली रूपैयाँ नगदसहित ताम्रपत्र रहने छ ।

सो पुरस्कार नेपालको लिम्बुवान क्षेत्रमै एक कार्यक्रमबीच नेम्वाङलाई हस्तान्तरण गरिने अध्यक्ष वनेमले जनाए । सन् १९७४ मा सभाया खोलाको दोभानमा तत्कालीन लिम्बुवानका सेनापति काङ्सोरे राय लिम्बु र गोर्खालीतर्फका सेनाध्यक्ष रघु रानाबीच मल्लयुद्ध काङ्सोरे सहिद भएका थिए । उनलाई लिम्बुवान आन्दोलनकर्मीहरूले अत्यन्तै श्रद्धाका साथ स्मरण गर्ने गर्छन् ।

IMG_20220526_101401

नेम्वाङलाई पुरस्कृत गरिनुपर्ने कारण र आधारबारे मिडिया सचिव अमित थेवे बैठकमा प्रस्ताव पेश गरेका थिए । पञायतकालमा याक्थुङ लिम्बु भाषाको पठनपाठन र साहित्य लेखनमा उनले गरेको संघर्ष प्रेरणादायी रहेको उनले सुनाए । सन् १९५८ मा पान्थरको याम्बोङ हाल फाल्गुनन्द गाउँपालिकामा जन्मिएका नेम्वाङ ४० वर्षदेखि राजनीति र साहित्यमा सक्रिय व्यक्तित्व हुन् ।

उनले तत्कालीन समयमा फक्ताङलुङ निसामहिममार्फत् मातृभाषाको पठनपाठनमा सक्रिय भूमिका खेलेका थिए । सो काम गरेबापत उनीसहित अन्य सहयोगीलाई राज्यले पक्राउ गरेको थियो । त्यसको केही वर्षपछि सन् १९८६ मा उनले लिम्बुवान मुक्ति मोर्चा नामक राजनीतिक संगठन स्थापना गरेका थिए ।

उनले नेपाली, अंग्रेजी र याक्थुङ भाषामा गरी दर्जन कृति समेत प्रकाशित गरेका छन् । लिम्बुवान युवाहरू वास्तविक मुक्ति चाहन्छन्, लिम्बुवानको रामकहानी, सेम्मुई, माङ्हुप, लिम्बु संस्कृतिका केही विशेषता, गोपाल गुरुङको आरोप, लिम्बुको पहिचाना के हो ?, वीर नेम्वाङका कविता, लिम्बुवान संघर्ष किन, लिम्बुवान जलिरहेछ लगायत उनका केही प्रकाशित पुस्तकहरू हुन् ।

प्रत्येक तीन तीन वर्षमा प्रदान गरिने पुरस्कारका लागि समाजले दश लाखको अक्षयकोष समेत स्थापना गरिसकेको छ । उपाध्यक्ष दिल इङ्वारमको संयोजकत्वमा कोषका लागि रकम संकलन कार्यक्रम पनि अघि बढिरहेको महासचिव लाहाङ चेम्जोङले बताए । गत वर्ष काङ्सोरे पुरस्कार विनियमावली २०२१ पारित भएको थियो । पुरस्कृत हुने व्यक्तित्वको सन्दर्भमा राजनीति, भाषा, संस्कृति, इतिहास, कला लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरू समेटिने समाजले जनाएको छ ।

सन् २००९ मा बुद्धिजीवि एवम् अन्वेषक स्व. प्रसाद थेवेको अध्यक्षतामा स्थापना भएको समाजको पाँचौ महाधिवेशन यहीँ अगष्ट महिनामा हुने महासचिव चेम्जोङले बताए । समाजले अरुण–सप्तकोसीपूर्वका भूभाग ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान प्रदेश हुनुपर्ने माग गर्र्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

धरानका मेयर हर्क साम्पाङको बोल्ड निर्णयः फोहोर गर्नेलाई ऐनअनुसार कारबाही गरिने

धरानः सडकमा जथाभावी फोहोर फाल्नेलाई धराान उपमहानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । मङ्गलबार ब ...

सम्मानसँग स्वास्थ्योपचार पाउने भएपछि खुसी मुद्रामा पूर्वखेलाडी

विराटनगरः आफ्नो जीवनको लामो समय फुटबलमा व्यतित गरेका पूर्वफुटबल खेलाडी हरि खड्का आइतबार विराटनगरमा भ ...

राजस्थानी स्वाद चखाउन इटहरीमा खुल्यो राजस्थानी ढावा

इटहरी: भारतको हरियाणा तथा राजस्थानमा पाइने स्वादिलो खाना सेट ख्वाउन इटहरीमा राजस्थानी ढावा सञ् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved