इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हुन पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अफजल हुसैन पनि ।

लामो समयदेखि राजधानी बसेका बालेन्द्र साह जस्तै शिक्षित र एजेण्डा बोकेका व्यक्ति हुन अफजल हुसेन । जीवनमा पैसाको महत्व धेरै हुन्छ तर त्यत्ति धेरै पनि हुँदैन जसले सबै प्रकारको संन्तुष्टि दिन सकोस् ।

बालेनसँग पनि पैसा छ । सीप छ र क्षमता छ अनि उनले काठमाण्डौ जस्तो देशको केन्द्रमा आफ्नो अनुभव र क्षमतालाई सदुपयोग गर्ने आकांक्षा व्यक्त गरे । चुनावी अभियानमा होमिए र जिते पनि । बालेन साहले काठमाण्डौमा चुनाव जित्नु राजनीतिक दलहरुलाई ठाडो चुनौती बनेको छ, यतिवेला । काठमाण्डौ महानगरपालिकाको कार्यकारी पद मेयरमा बालेनले इच्छा व्यक्त गर्नु पैसा कमाउनको लागि पक्कै होइन् त्यस्तै कुरा लागु हुन्छ इन्जिनियर अफजल हुसैनको पनि । अफजल हुसैन लामो संघर्ष र अवरोहका विच इन्जिनियर बनेर रोजगारका लागि खाडी मुलुकमा पुगे , खाडी पुग्नु अघि देशमै पनि हुसैनले रोजगारीको अवसर पाएका थिए एउटा प्राइभेट कम्पनीमा तर सन्तुष्टि मिलेन ।

सन्तुष्टि खोज्दै जानेक्रममा अहिले हुसैन विश्व प्रशिद्ध कम्पनी सिमेन्सको विद्युतिय टर्वाइनको सेक्सनमा सिनियर फ्याक्ट फाइन्डर इन्जिनियरको रुपमा मध्य पुर्वको दुवईमा कार्यरत छन् । कम्पनीको आवश्यकता अनुसार मध्य पुर्व र अफ्रिकाका विभिन्न देशमा पुग्ने हुसैन नेपाली रुपैया मासिक १०÷१२ लाख सहजै कमाउँछन् तर उनले अव सँधै विदेशै बस्नु भन्दा बरु देशमै बसेर जनताको सेवा गर्ने अवसर खोजेका थिए त्यो पनि आफु जन्मेको ठाउँ पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाबाट तर जनताले उनलाई साथ दिएनन् ।

चुनाव हार्दै गर्दा हुसैन भन्छन् ‘सायद म ठुलो नगरपालिका या त महानगरपालिकाबाटै चुनाव लडेको भए जित्न सक्थेँ हुला या त लोकप्रिय मत ल्याउँथे होला मेरो यही गल्ति भयो म गाउँ बनाउन सोच्न थालेँ, गाउँले मलाई चिनेन यहाँका जनताले मलाई बुझेनन् ।’ बुझुन पनि कसरी लामो समयदेखि राजनीतिक पार्टीले गजटेको गाउँमा हुसैन स्वतन्त्र उम्मेदवार बन्न सकेनन् नेकपा माओवादी केन्द्रले उनलाई उम्मेदवार प्रस्ताव गर्यो र टिकट दिने भएपछि चुनाव चिन्हकै लागि हुसैनले माओवादी केन्द्रबाट उम्मेदवाररी दिए ।
सोही गाउँपालिकामा जन्मिएर हुर्किएका हुसैन आफ्नो गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्ने योजनाका साथ चुनावी अभियानमा थिए ।कुनै बेला आफु विद्युतको क्षेत्रमा काम गर्ने भएको हुँदा नेपाल विद्युत प्राद्यिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ्गसँग भेटेर सँगै का मगर्ने इच्छा व्यक्त गरेका हुसैन वैदेशिक रोजगारीलाई विट मार्दै जनताको सेवामा खट्न चाहेका थिए ।

आज चुनावमा पराजित गर्दै गर्दा अफजलको विश्लेषण छ शायद उनि काठमाण्डौ अथवा वीरगन्ज महानगरपालिकाबाट उम्मेदवारी दिएको भए वालेन जस्तै पपुलर बन्थे होला या त हर्क साम्पाङ्गको अवस्थामा पनि पुग्थे होला । मेकानिकल ईन्जिनियरिङ्गमा विज्ञता हासिल गरेका यी भिजनरी लिडर ।

कुरा यहाँ इन्जिनियर बालेन साह र अफजल हुसैनको मात्रै होइन बुझ्नुपर्ने कुरा त यो हो कि बालेन शहरमा छन् र शहर बनाउने एजेण्डा लिएर अघि बढेका छन् । अफजल हुसैन गाउँमा छन् र गाउँ बनेपछि मात्रै शहर बन्छ भन्ने सोचाई राख्छन् । कुरा गाउँ र शहरका जनताको सोचको पनि हो, शैक्षिक योग्यता र बुझाईको पनि हो ।

जसरी विज्ञहरको भिड भएको राजधानीमा बालेन साहको हाई हाई छ यता सखुवा प्रसौनी गाउँपालिकाका जनताले इन्जिनियर अफजल हुसैनलाई मत नदिनु हामी यत्तिकै ठिक छौँ हामीलाई अवको ३० बर्ष सम्म कुनै विकास चाहिएको छैन भन्ने पनि हो ।

यसैबाट प्रष्ट हुन्छ कि शायद वालेन शाहको ठाउँमा इन्जिनियर अफजल हुसैन भएको भए उनलाई पनि त्यतिकै लोकप्रिय मत आउँथ्यो र त्यतिकै नाम कमाउन पनि सक्थे र इन्जिनियर बालन साह गाउँबाट उम्मेद्वार दिएका भए त्यस्तै हुनेथियो उनलाई गाउँले चिन्ने थिएन र त्यस्तै अवस्था आउँन सक्थ्यो जस्तो अवस्था अहिले अफजल हुसैनको आएको छ ।

चुनाव एउटा योग्य जनप्रतिनिधि छान्नको लागि गरिने लोकतान्त्रिक प्रक्रिया हो । प्रक्रियाबाट चुनिएर गएपछि अधिकार प्राप्त कार्यकारी हुन पालिकाका अध्यक्ष अथवा नगरप्रमुखहरु । देशको विकासको पहिलो खुड्किलो गाउँ भएको हुँदा जवसम्म गाउँको विकास हुँदैन तव सम्म शहरको अथवा देशको विकास सोच्न सकिँदैन त्यसैले पनि गाउँको विकासको लागि दलभन्दा पनि प्रतिनिधि छान्न सक्नुपर्छ । जव प्रतिनिधि योग्य र विज्ञ छानिन्छ तवमात्रै उसले त्यो ठाउँको विकासको लागि योगदान गर्न सक्छ ।
सखुवा प्रसौनीका जनताले नचिनेको अफजल हुसैन भनेको एउटा बिचार हो , एउटा सोच हो अनि आफुभित्रैबाट बदलावको भावना बोकेको एउटा इमानदार, सक्षम र कर्मठ देशको सच्चा सिँपाही हो ।

आज पर्साको एउटा गाउँ अर्थात सखुवा प्रसौनीका जनताले एटटा अनमोल रतनलाई गुमाएका छन् । त्यो इन्जिनियर जसले विदेशको त्यो ठुलो जागीरलाई छोडी आज जनताको लागि आएका थिए तर त्यो निर्दोशलाई के थाहा जनताहरु एक छाक मासु र भात र केहि पैशाको प्रलोभनमा परेर आफ्नो मतलाई बलि चढाउँछन् र एउटा सच्चा विकास प्रेमीलाई धोखा दिन्छन् भनेर ।
निर्वाचन परिणाम आइसकेपछि हुसैन अव फेरी आफ्नो जागिरमा फर्किने तयारी गर्दैछन् । देशको सेवा गर्ने उनको रहर अझै मरेको छैन । आउने प्रदेश सभाको चुनावमा या त संघीय चुनावमा त्यो पनि भएर भने पाँच बर्ष कुरेर आगामी स्थानीय चुनावमा पनि पुन प्रतिस्पर्धामा उत्रिने अफजलको योजना छ ।

जहाँ जसरी भएपनि हुसैनको चुनावी अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनि फेरी आउने बाचाका साथ जाँदैछन् । विश्वमा केहि कुरा थाई छ भने त्यो परिवर्तनमात्रै हो भन्ने अफजल देशको लागि आजको आवश्यकता हो, समाजको लागि आवश्यकता हो त हाम्रो ठाउँको लागि आवश्यकता हो । विकास गर्छु भन्नेलाई मत दिएर अवसर सिर्जना गर्न सके भोली किन भएन भनेर औला ठड्याउने ठाउँ  पनि रहन्छ ।