इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँकले इटहरीमा एक दिवसिय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

इटहरीको व्यवसायी तथा सीप विकास तालिम प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा एक सय ३० जना भन्दा बढीले वित्तीय साक्षरता सम्बन्धि ज्ञान हासिल गरेको गरिमा विकास बैंक इटहरीकी अपरेसन इन्चार्ज अनिसा बस्नेतले जानकारी दिइन् ।

सबै स्थानीय तहको वित्तीय पहुँच पुगेको भएता पनि सबैमा वित्तीय ज्ञान नहुँदा गुणस्तरिय सेवा नपुगेको भन्दै बैँकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमको आयोजना गरेको बताएको छ ।

281754609_1202057377212434_1251662629904629835_n

कार्यक्रममा बैंककी इटहरी शाखा प्रबन्धक रक्षा भट्टले वित्तीय साक्षरताको महत्वका बारेमा प्रष्टाउँदै बैंकले दिने सेवाको बारेमा जानकारी गराएकी थिइन् । उनले बचत खाताका प्रकार , बैंकले दिने रेमिट्यान्स सेवा र बीमा सम्बन्धि जानकारी समेत गराइन् ।

सहभागीलाई सम्बोधनगर्दै बैंककी करुणा पराजुलीले बैंकको परिचय दिनुका साथै डिजिटल बैंकिङ्गको प्रयोग गर्दा ध्यान पुर्याउनु पर्ने कुराहरुको जानकारी गराइन भने उद्धव दाहालले कर्जा लिँदा ध्यान पुर्याउनु पर्ने कुराहरको बारेमा सहभागीलाई जानकरी गराएका थिए । दाहालले बैंकले प्रदान गर्दै आएका कर्जाको बारेमा बताउँदै कर्जा दुरुपयोग गर्दा हुने नोक्सानीका बारेमा पनि बोलेका थिए ।

281890671_5247255962030323_4552690767707740510_n

यता बैंककी अपरेसन इन्चार्ज अनिसा बस्नेतले बचतको महत्व दर्शाउँदै बचत किन गर्ने र साथै चेक तथा एटिएमको प्रयोग कसरी गर्ने भन्ने सहभागीको जिज्ञासालाई सम्बोधन गरेकी थिइन् । बस्नेतले जथाभावी चेक काट्दा चेक बाउन्स हुने तर्फसमेत ग्राहक सचेत हुनुपर्ने बताइन् ।

गरिमा विकास बैंकले देशभर ११९ वटा शाखा कार्यलय र एउटा एक्टेन्सन काउन्टर मार्फत ६ लाख हाराहारी ग्राहकलाई सेवा पुर्याइरहेको छ । बैंकले निम्न वर्गका व्यवसायी देखी लघु उद्यम कर्जा र सबैप्रकारका व्यवसायी तथा उद्यमीलाई कर्जा प्रवाह गर्दै आएको र बचतमा समेत उच्चतम व्याज प्रदान गर्दै आइरहेको बताएको छ । सबै वर्गका ग्राहकलाई बचत र कर्जाको जानकारीका लागि समय समयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने गरेको इटहरी शाखाकी अपरेसन इन्चार्ज अनिसा बस्नेत बताउँछिन् ।