इटहरीः इटहरी उपमहानगरपालिकाकी नव निर्वाचित उपमेयर संगीता कुमारी चौधरीले महिला संजालका गतिविधी गाउँगाउँ सम्म पुर्याउन आग्रह गरेकी छन् ।

महिला सञ्जाल इटहरीको बार्षिक साधारण सभामा प्रमुख अतिथीको आसनबाट बोल्दै नव निर्वाचित उपमेयर चौधरीले महिलाहरुको हक हितका लागि गाउँ गाउँका महिलालाई सचेत बनाउन महिला संजाललाई गाउँ गाउँमा पुर्याउनु पर्ने बताएकी हुन् ।

महिला संजाल इटहरीमा मात्र सिमित नराखेर गाउँमा पनि महिला अधिकारका कार्यक्रमहरु संचालन गर्न उपमेयर चौधरीले अनुरोध गरेकी थिइन् । महिला संजालमा रहेका सबैलाई आवश्यक पर्ने सहयोग गर्न आफु सदैव तयार रहेको प्रमुख अतिथी चौधरीले बचन बद्धता व्यक्त गरेकी थिइन् ।

284301177_767694041063510_9093446064966525507_n

निर्वाचनको बेला आफ्नै गाउँमा बिरामी बनेकी एक छात्रालाई कोशी लाने भन्दै एउटा झाँक्रीले लिएर गएको र अहिले सम्म युवती बेपत्ता बनेको उनले संजाललाई जानकारी गराइन् ।

आफुलाई महिला संजालको बारेमा अहिलेसम्म जानकारी नभएको भएपनि उहाँहरुले राम्रो काम गरिरहेकाले महिला संजाललाई बधाई दिनैपर्ने बताइन् ।

कार्यक्रममा महिला संजालकी सल्लाहाकार तथा इटहरी उपमहानगरकी निवर्तनमान उपमेयर लक्ष्मी गौतमले आफुले हरेक क्षेत्रमा गरेको काममा बाटो देखाउने काम महिला संजालले गरेको बताइन् । महिला जहिल्यै दोस्रो वरियतामै राख्ने गरेको उनले बताइन् ।

पाँच बर्षमा माथिल्लो पदमा कामगर्न सक्षम भएका महिलालाई प्रमुखको कामगर्ने बेलामा अवसर नपाईने गरेको बताइन् ।आफुले महिला संजाललाई जिल्लाका अध्यक्षहरुलाई भेटेर वडा अध्यक्ष, तथा मेयरको उम्मेदवार बनाउन अनुरोध गर्ने काम गर्नुपर्ने गौतमको भनाई थियो ।

कार्यंक्रममा बोल्दै इलाका प्रहरी कार्यलय इटहरी डिएसपी खगेन्द्र बहादुर खड्काले महिलाको पीडा सुन्नको लागी इटहरीका हरेक महिला सेलमा महिला प्रहरीको व्यवस्था गरिएको बताए ।

283658848_1342620436231340_8257585389563312063_n

अन्यायमा परेका महिलाहरुका लागि सहयोगका लागि इलाका प्रहरी सदैव तयार रहेको डिएसपी खड्काले बताए ।
कार्यक्रममा बोल्दै महिला नेतृ बिमला सिवाकोटी ढकालले बाहिर फरक फरक झण्डा बोकेर हिँडेपनि महिलाका सवालमा आफुहरु एक हुने गरेको बताइन् ।

उपमेयरका रुपमा लक्ष्मी गौतमको पाँच बर्षेकालमा यस्तो उस्तो गरेको भनेर आफुले कहिल्यै पनि टिप्पणी नगरेको समेत ढकालले बताइन् ।

महिला संजालकी सचिव योसा गुरागाईले संचालन गरको कार्यक्रमको सभापतित्व संजालकी अध्यक्ष कमला खड्काले गरेको महिला संजालकी सदस्य शुसिला उप्रेतीले जानकारी दिइन् ।

283552037_556168496083639_5321541159547473885_n