बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसको निम्ति सन्तोषजनक क्षेत्र होईन भन्दा फरक नपर्ला । खासगरी ‘कम्युनिस्ट किल्ला’भनेर परिचित यस् भेगमा विगतका केहि चुनावहरुलाई नियाल्दा कांग्रेसको प्रायः पराजित यात्रा देखिन्छ । अघिल्लो स्थानीयतह निर्वाचनमा समेत नगरप्रमुख र उपप्रमुख गुमाएको कांग्रेसले यहाँका ११ वडामध्ये ३ वडाको नेतृत्वमा चित्त बुझाउन बाध्य भएको थियो । उतिखेर आफ्नै नेताहरूले घात घरेको, पर्याप्त संगठन बिस्तार नभएको, भातृ संस्थाहरुको चलायमान गराउन नसकेको निष्कर्षसहित कांग्रेसीजनले हार स्विकारे गरे ।

स्थानीयतह निर्वाचन २०७९ मा बराहक्षेत्रमा कांग्रेसले अप्रत्याशित नतिजा निकाल्यो । यसपटक कांग्रेसले नगरप्रमुखसहित यसपटक ८ वडामा जीत हासिल गर्यो । यसको कारणतस् जनभावानाको अनुमोदन नै भएपनि अन्य थुप्रै ‘फ्याक्टर’ले यहाँ कांग्रेसको ऐतिहासिक जीत सम्भव हो । जसअन्तर्गत नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको साथले समेत उपलब्धि मिलेको भन्न सकिन्छ । त्यस्तै, पार्टीलाई सक्रिय बनाउँदै लागि पर्ने कार्यकर्ताहरुको मूख्य भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन ।

त्यसमा पनि कांग्रेस भित्रको एकता र नेतृत्वले पनि कांग्रेसलाई विजय गराउन ठुलो भूमिका खेल्यो । पार्टीका अग्र अहोदामा रहेका नेतादेखी अहोरात्र घरदैलोमा खटिएका कार्यकर्ता र सुभेच्छुकसम्मको पनि कृयाशिलताका कारण कांग्रेसको आज जीत भएको हो ।

प्रत्येकजसो नगर कार्यसमितिका प्रतिनिधि, नगरमा रहेका महासमिति, महाधिवेशन, जिल्ला, क्षेत्र, प्रदेससभा, प्रतिनिधिसभा, वडा सभापति, क्षेत्रिय प्रतिनिधिदेखि क्रियाशील सदस्यहरुको देन उल्लेख्य देखिन्छ । त्यसमा पनि सतहमा जिम्मेवारी पाएपश्चातको क्रियाशीलताको आधारमा काम गर्ने केहि नेताहरुको चर्चा आजको लेखमा आवश्यकीय हुने छ ।

कार्यवाहक सभापति युवाराज श्रेष्ठ

बराहक्षेत्र काग्रेसमा सभापतिनै मेयरको उमेदवार भएपछि उपसभापति युवराज श्रेष्ठले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाए । युवा जोस भएका कार्यवाहक सभापति श्रेष्ठले पार्टी पंक्तिलाई साथै लिएर पार्टीको गतिविधिलाई बिस्तार गरे । पार्टीको आधिकारिक उमेदवार बिरुद्ब परेको बाघि उमेदवार फिर्ता गराउन उनीहरूको घरघर कुदे । निष्क्रिय जस्तै बनेर बसेका पार्टीका भातृ संस्थाहरूलाई चलायमान गराए ।

नेपाल तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठले युवा जोस, जाँगर चुनावमा खन्याए र, अन्ततः पार्टीलाई जीत दिलाए । श्रेष्ठ निकट एक नेता भन्छन्, ‘कावा सभापतिले यसपटक बुधमा मतगणनामा देखाएको सक्रियता सायदै मैले आजसम्म यस्तो कसैको देखेको थिइनँ ।’उनकाअनुसार रातभर मतगणनामा एक झप्को नसुतेर पनि कार्यकर्तालाई रुझाएर सिंगो कांग्रेसको शीर उच्च बनाए ।

अनु गुरुङ

कांग्रेसको १४ औं क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित अनु गुरुङको सक्रियता लोभलाग्दो रह्यो । नेतृ गुरुङ बराहक्षेत्रमा सतही जनमानसमा रुझेकी र रुचाइएकी नेतृ समेत हुन् । खासगरी रमेश कार्कीको टिकटपश्चात् घरदैलो कार्यक्रममा उनको विशेष सक्रियता रह्यो । त्यस्तै, उमेदवारहरुलाई सल्लाह दिने, कार्यकर्ता परिचालन गर्नेमा नेतृ गुरुङ अग्रणी भूमिकामा देखिइन । कांग्रेसका एक नेता भन्छन्, ‘यसपटक कांग्रेसभित्रको असहयोग नहोस भनेर सबै नेताहरूलाई मिलाउने र रुझाउने काममा अनु गुरुङको खास भूमिका थियो ।’

उपेन्द्र बहादुर कटुवाल

यतिबेला उपेन्द्र कटुवालको चर्चा सुनसरी जिल्लाभर नै रहेको छ । नेता कटुवाल नेपाली कांग्रेसको सुनसरी प्रदेशसभा क्षेत्र ४ (क)सभापति हुन् । उनको यस् क्षेत्रअन्तर्गत पर्ने बराहक्षेत्र नगरपालिकामा कांग्रेसले ऐतिहासिक जीत हात पार्यो । त्यस्तै, कोशी गाउँपालिकामा पनि बहुमत कार्यपालिका सदस्यसहित कांग्रेसले जीत हासिल गरेपछि उपेन्द्र कटवालको चर्चा हुन थालेको हो ।

कोशी गाउँपालिकामा ४ वटा वडाध्यक्षसहित पालिका अध्यक्ष र उपध्यक्ष कांग्रेस बिजयी बन्यो । प्रदेस सभा क्षेत्रमा पर्ने रामधुनी वडा ४ कांग्रेस पराजित हुन पुग्यो । सुनसरी जिल्लामा रहेको ४ वटा प्रतिनिधिसभा क्षेत्रका ८ वटा प्रदेशसभा मध्य नेपाली कांग्रेसले ४ नम्बर क्षेत्र प्रदेस (क) मा १५ वटा वडामा १० वटा वडा कांग्रेसले जितेको छ । यो जित अन्य प्रदेशसभाको तुलनामा कांग्रेसको राम्रो नतिजा हो ।

यो नतिजासँगै प्रदेशसभा समितिका सभापति उपेन्द्रबहादुर कटुवालको चर्चा सुनसरी भर फैलाई दिएको छ । चुनावी अभियानलाई प्रभावकारी बनाउन सभापति कटुवाल अनुगमन समितिमा गतिविधि गरेका थिए । बराहक्षेत्रलाई माथिल्लो निकायले हेर्न दृष्टिकोणमा परिवर्तन गराउन महत्त्वपूर्ण योगदान पुर्याएका सभापति कटुवालको चर्चा सुनसरी भरी बढेको छ ।

रेवतीरमण दुलाल

यसपटकको स्थानीयतह निर्वाचनमा बराहक्षेत्र नगरपालिकाको प्रचारप्रसार संयोजक बनेका नेता दुलालले रमेश कार्कीलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । इटहरी निवासी नेता दुलाल चुनावभरी पार्टीको गतिविधिलाई चुस्त बनाउँदै प्रचारप्रसारमा अहोरात्र खटेका उनी यतिबेला प्रसंशाको पात्र बनिरहेका छन् ।

बाबुराम बिष्ट

अघिल्लो स्थानीयतह निर्वाचनमा नेपाली कांग्रेसका प्रत्यासी उमेदवार बनेका बाबुराम बिष्टले यसपटकको चुनावमा आफ्नो अनुभवमा राम्रोसँग प्रयोग गरे । शारीरिक रूपमा असक्त रहेका बिष्टले कार्यकर्ताको परिचालनमा उल्लेख्य कार्य गरेका थिए ।

जगत बहादुर कार्की

अन्य दलसँगको चुनावी तालमेलदेखि घरदैलो अभियानसम्म जगत बहादुर कार्कीले गरेको योगदानलाई यतिबेला बराहक्षेत्रमा प्रशंसा गर्न थालिएको छ ।

ममता तामाङ

बराहक्षेत्रमा स्थायी बसोबास गरि केन्द्रिय नेताहरूको पहुँचमा रहेको भनेर चिनिने नेतृ तामाङले यसपटकको स्थानीयतह निर्वाचनमा खेलेको भूमिका उल्लेखनीय रहेको छ । कांग्रेसभित्र निकै ठूलो समस्याको रूपमा रहेको ‘लाइन’ भन्दा माथि उठेर सिंगो कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई जिताउन उनी लागि परिन् । सत्ता गठबन्धन अन्तर्गतको बराहक्षेत्रमा अन्य दलसँगको चुनावी तालमेलबारे छलफलमा होस् या घरदैलोमा उनको सक्रिय भूमिका रहेको थियो ।

भिम कटवाल

भिम कटवाल पार्टीका महाधिवेशन प्रतिनिधि हुन् । काठमाडौमा बसेर व्यबसाय गर्ने भिम कटवाल पार्टीलाई जिताउन र सहयोग गर्न चुनावको सर्गमीमा बराहक्षेत्र निस्किए । तत्पश्चात् पार्टीका विभिन्न तह र तप्कासँग समन्वयकारी भूमिका निर्वाह गर्दै मतगणनामा सुरुदेखी अन्त्यसम्म उनको सक्रियता रहेको थियो ।

दिपेश बस्नेत

पार्टीका महाधिवेशन प्रतिनिधि दिपेश बस्नेतले बराहक्षेत्रमा यसपटक कांग्रेसले जीत निकाल्दै गर्दामा खेलेको भूमिकालाई तारिफ गर्नुपर्नेमा कार्यकर्ताहरुको बुझाइ छ । घरदैलोदेखि मतगणनासम्म उनको सक्रियताको कार्यकर्ता तहदेखि तारिफ हुन थालेको छ ।

सन्तकुमार राई

खासगरी मेयरका उमेद्वार रमेश कार्कीको विशेष सल्लाहकारका रूपमा सन्तकुमार राईको भूमिका उल्लेख्य थियो ।

पवन चाम्लिङ राई

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको नगर सभापति चाम्लिङले यस् चुनावमा तरुण युवायुवतीलाई परिचालन गर्न उल्लेखनीय भूमिका खेलेका थिए । त्यस्तै, उमेदवार कार्कीको स्वकीय सचिव बनेका चाम्लिङले उमेदवारहरु समय मिलान गर्ने, कार्यतालिका बनाउने लगायतका कार्यमा गरेको योगदानको यतिबेला सवत्र्र प्रशंसा हुन थालेको छ ।

तुलसी श्रेष्ठ

नेपाली कांग्रेसका बराहक्षेत्र नगरसदस्य श्रेष्ठले यस् पटकको चुनावमा सबैखाले भूमिका निर्वाह गरे । त्यसमा पनि पार्टीका क्रियाकलापलाई चुनावी गतिविधि ९प्रचारप्रसारसम्बन्धि० लाई चुस्त बनाउन गठबन्धनले तय गरेको डिजिटल विभागसँग समन्वय गरि प्रचार गर्नमा नेता श्रेष्ठको उल्लेख्य भूमिका रह्यो । त्यस्तै, सम्पर्क कार्यलायमा रही चुनावी सामाग्री वितरण, नेताहरुलाई सहजीकरण गर्ने कार्यमा उनको विशेष भूमिका रहेको थियोे ।

प्रतीक राई

प्रतीक राई कांग्रेसका नगर सचिव हुन् । बराहक्षेत्रमा चुनावको मितिभन्दा एक महिनाअघि देखि नै चुनावको सर्गमी सुरु भएको थियो । नगर कार्यसमितिले पार्टीका विभिन्न तह र तप्कासँग भेटघाट र सुझाव संकलन कार्यक्रम राखेको थियो । जसलाई कुशलतापुर्वक निर्वाह गर्नेमा प्रतीक राईको भूमिका उल्लेख्य रहेको थियो । त्यस्तै, पार्टीका भातृ संस्था चलायामान गराउनदेखी मतगणनासम्मको उनले खेलेको भूमिकाको यतिबेला प्रशंसा हुने गरेको छ ।

दिवानसिंह राई

पार्टीका नगर सहसचिव राईले चुनावी सामाग्रीहरु झण्डा, फ्लेक्स लगायतको निर्माण र वितरणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, मतगणनामा समेत उनी सुरुको दिनदेखी अन्तिमसम्म अहोरात्र खटेका थिए ।

दिनेश राई

खासगरी मतगणनामा सुपरिवेक्षक र गणकको रूपमा दिनेश राईको सुरुदेखी अन्त्यसम्म प्रसंसनीय योगदान रहेको थियो ।