धरानः धरान उपमहानगरले हर्कराज राई साम्पाङ्गलाई मेयरको रुपमा पाएपछि खानेपानीको मुहानमा हुने फोहोर मैला नियन्त्रण गर्न नेपाल प्रहरी र नगरप्रहरीको संयुत्त सुरक्षा दस्ता परिचालन गरिएको छ ।

गत आइतबारबाट नगरप्रहरी खटाउने निर्णय गरेको धरानले सोमबारबाट भने नेपाल प्रहरी र नगरप्रहरीको सयुक्त सुरक्षा दस्ता खटाउने भएको हो ।

खानेपानी मुहान क्षेत्र धरान भेडेटार सडक खण्डको आँपगाछी मोडमा नगर प्रहरी र प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । धरान भेडेटारहुँदै टाढाको रुटमा चल्ने सवारी साधनहरु आँपगाछी मोडमा रोक्ने र जथाभावी फोहोर गर्ने भएपछि मुहानमा हुने दुरुपयोग रोक्न सयुक्त सुरक्षा दस्ता परिचालन गरिएको बताइएको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रहरीले दिएको जानकारी अनुसार अव खानेपानीको मुहानमा दैनिक २ सिफ्टमा सुरक्षा टोली खट्ने भएका छन् । आइतबार खानेपानी मुहान क्षेत्रको फोहोर सङ्कलन गरिएको थियो भने पुन फाहोर हुन नदिन र मुहानको सुरक्ष ागर्न टोलि खटाइएको हो ।

सोमबार देखि दैनिक २ सिफ्टमा तीन जना नगर प्रहरी र १ जना नेपाल प्रहरी रहने गरी ६ जनाको टोली परिचालन गरिएको छ ।

आपगाछी देखि नजिकै रहेको खानेपानीको मुहानमा युवा युवतीहरू पुगेर जथाभाबी फोहोर गर्ने, मानिसको समूह पुगेर नुहाउने, लुगा धुने, पौडी खेल्ने र घाँस दाउरा गर्ने भएकोले खानेपानीको मुहान फोहोर हुने गरेको बताइएको छ ।
खानेपानीको मुहान फोहोर भएपछि नगर प्रहरीले खानेपानीको मुहान सँगै अव देखि सो क्षेत्रमा मानिस आउजाउमा समेत रोक लगाएर संयुक्त सुरक्षा टोली परिचालन गरिएको धरान नगर प्रहरीले बताएको छ ।

अव सो क्षेत्रमा सवारी रोक्न पुर्ण प्रतिवन्ध गरिएको छ भने सवारी साधन रोकेर दिशा पिसाव गर्ने गराउने यातायात व्यवसायीले सो क्षेत्रमा नरोक्न निर्देशन दिइएको छ । खानेपानीको मुहानमा भएको सुरक्षा टोलिलाई नटेरी जवरजस्ती गरेमा कारवाही समेत गरिने बताइएको छ ।