इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग राई र साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईबिच मंगलबार भेटवार्ता भएको छ ।

जलाधारक्षेत्रको निरिक्षणका क्रममा आफ्नो भेट साँगुरीगढी गाउँपालिकाका अध्यक्षसँग भएको साम्पाङ्गले बताएका छन् । फरक जिल्ला भएता पनि प्रदेश एककै सुन्दर शहर धरान र प्रदेश एककै प्रमुख पर्यटकिय गन्तव्य भेडेटार रहेको साँगुरीगढी गाउँपालिकाका प्रमुख विच भएको भेटलाई महत्वपुर्ण रुपमा लिइएको छ ।

साम्पाङ्गले जलाधार क्षेत्र संरक्षण र फोहोर मैला व्यवस्थपनमा सहकार्य गर्ने सहमति भएको बताएका छन् । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पनि दुई छिमेकी स्थानीय तहविच भगीनि संम्बन्ध कायम गर्ने विषयमा सहमति भएको बताएका छन् ।

285311159_5823876610962853_6175495624486404202_n

धरान उपमहानगरले प्रयोग गर्ने खानेपानीको मुहान रहेको आँपगाछी क्षेत्र धनकुटा जिल्लाको साँगुरीगढी इलाकाबाट बगेर आउने भएकाले पनि सो क्षेत्रको निरिक्षणमा मेयर साम्पाङ्ग निस्किएको बताइएको छ ।

मेयर साम्पाङ्ग र अध्यक्ष राई विच खानेपानीको मुहान इलाकाको संरक्षण र एक आपसमा सहयोग आदान प्रदानका विचमा समेत छलफल भएको बतााइएको छ । जलाधार क्षेत्रको संरक्षण र पानीको समस्या समाधानमा केन्द्रित रहेका धरानका मेयर साम्पाङ्गले जलाधार क्षेत्रमा १ हजार विरुवा रोप्ने योजना सार्वजनिक गरेका छन् ।

285258786_5823879100962604_1859041167091273051_n 285401852_5823877300962784_8951481774161128081_n 283785699_5823879014295946_4866054172268286240_n 285321259_5823876490962865_7872111951380170617_n 284256679_5823878774295970_4004613380452635940_n