धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ स्थानीय खोला दोहन रोक्नका लागि आफै फिल्डमा उत्रिएका छन् । उनि सुक्रबार दिँउसो प्रचण्ड गर्मीको प्रभाव नगरि धरान उपमहानगरपालिका वडा नं ५ मा पर्ने अधेरी खोला पुगेर ढुङ्गा तस्करी रोकेका छन् ।

आफ्ना केही सहयोगी र नगरप्रहरीका साथमा सो खोला पुगेका उनले खोलाबाट ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर नियन्त्रणमा लिई ढुङ्गा खोलामै झार्न लगाएका थिए ।

उनले ट्याक्टर चालक र ढुङ्गा लोड गरिरहेका युवाहरुलाई सम्झाएर अब देखि यो खोलामा कुनै पनि सामाग्री लिन नआउनु भनि एक पटकका लागि माफी दिदै छाडिएका थिए । पुनः खोला दोहनका लागि आएमा कानून अनुसार कार्वाही गर्ने मेयर साम्पाङले चेतावनी पनि दिए । केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए ।शुरुमा मेयर साम्पाङ सहितको टोलीलाई देख्न साथ ट्याक्टर सहित ढुङ्गा लोड गरिरहेका युवाहरु भाग्न खोजेका थिए ।

अधेरी खोलाबाट अत्यधिक ढुंगा, मिक्स गिट्टी चोरी तस्करी हुँदै आएको छ । मेयर हुन भन्दा अगाडी साम्पाङले खोलार चुरे दोहन रोक्न खोज्दा धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तिलक राई निर्देशनमा गुण्डा लगाई उनी र उनको समूहमाथि आक्रमण भएको थियो ।

hara sampang khola 3 png

अवैधरुपमा ढुङ्गा, मिक्सगिट्टी निकालेको नियन्त्रण गरेर साधनसहित प्रहरीमा बुझाएपनि मिलेमतोमा छोडिदिने गरेपछि तस्करी मौलाएको स्थानीयले मेयर साम्पाङलाई जानकारी समेत गराएका छन् । उनिहरुले करिब डेढ दशकअघि अवैध खोला उत्खनन्को विरोध गर्दा एक जना स्थानीयले आफ्नो ज्यानसमेत गुमाएको जानकारी मेयर साम्पाङलाई गराएका छन् । उनिहरुले मेयर साम्पाङलाई कडाईका साथ खोला दोहन र तस्करी रोक्नका लागि अनुरोध समेत गरेका छन् ।

मेयर साम्पाङका अनुसार सो खोला ठेक्कामा लगाइएपनि ठेक्का रद्द गराईएको छ । आफ्नो देश र बाटो बेचर नगरवासीलाई सुःख दिन नसकिने मेयर साम्पाङले बताए । त्यसकारण आउदो आर्थिक बर्षमा धरानका कुनै पनि खोलाबाट खोलाजन्य सामाग्री निकालेर बेच्नका लागि खोला ठेक्का नै नलाएको उनले बताए । उनले आफ्नो ५ बर्षे कार्यकालभरी खोला ठेक्का नै नलगाउने घोषणा पनि गरेका छन् ।

खोलाबाट धरान उपमहानगरपालिकालाई यसअघि जे जति आम्दानी हुन्थियो, सो अन्य स्रोतबाट जुटाउने आफ्नो योजना रहेको उनले बताए । चुरे क्षेत्र र खोलको दोहन रोकेर धरानमा कृर्षीसंग सम्बन्धि साना तथा ठूला उद्योगहरु स्थापना गरि संचालनमा ल्याउने आफ्नो योजना रहेको उनले बताए । ती उद्योगमै खोलामा दैनिक मजदुरी गर्नेहरुलाई पनि रोजगारको व्यवस्था गर्ने उनले सुनाए । आफ्नो यस योजनालाई आउने आर्थिक बर्षबाट कार्य प्रारम्भ गर्ने उनको भनाई छ ।

hara sampang khola 1