धरानः धरान उपमहानगरका नवनिर्वाचित नगरप्रमुख हर्क साम्पाङ्गले खानेपानी सम्बन्धि गुनासो सुन्न अव हरेक दिन ११ बजेदेखि १ बजेसम्म टिपाउन नगरवासीलाई आव्हान गरेका छन् ।

खानेपानीकै मुद्दा बोकेर जनताको मन जितेका सामाजिक अभियान्ता सम्पाङ्ग नगरप्रमुखमा विजय भएलगत्तै पनि आफ्नो पहिलो मुद्दा धरानको खोनेपानी नै भएको बताएका थिए ।

खानेपानीको मुहानको निरिक्षण र सफाई देखि लिएर खानेपानीको मुहान आँपगाछी इलाकामा नगरप्रहरी र नेपाल प्रहरीको संयुक्त पहराको समेत व्यावस्था गरेका साम्पाङ्गले खानेपानीका सम्बन्धमा नगरवासीले भोग्ने समस्या तुरुन्तै दर्ता गर्न आव्हान गरेका छन् ।

मोवाइल नम्बर ९७६५४७८३५९ र ९८१४३०८९०९ मा सम्पर्क गरेर खानेपानी सम्बन्धि गुनासो दर्ता गर्न सकिने नगरप्रमुख साम्पाङ्गद्धारा जारी सुचनामा भनिएको छ ।
साम्पाङ्गले झुठा गुनासा भने नदिन पनि नगरवासीलाई अनुरोध गरेका छन् ।

283969164_1022490271992937_6126585512013102291_n (1)