धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले देश भत्तिले ओतप्रोत भएको गीत गाउँदै मिठो सन्देश प्रवाह गरेका छन् ।

सोमबार साँझ आफ्नो सामाजिक सञ्जालमा साम्पाङ्गले देशप्रेम भावनाले सजिएको मान्छे खोज्दै हिँडे म त बोलको आफ्नै गीत गिटारको सहारामा गाएका हुन् ।

गीतको अन्तमा साम्पाङ्गले ‘आज पनि मैल एउटा गीत बनाउने कोशिश गरेको छु’ भन्दै आफु देशको हित र देशको जित चाहाने व्यक्ति भएकाले मन परे लाइक र सेयर गर्न सम्पुर्णमा अनुरोध गरेका छन् ।

साम्पाङ्गले गाएको गीत यसप्रकार छ । भिडियोमा हेनुहोस् ।