इटहरीः सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा प्रतितोला चार सय रुपैयाँले गिरावट आई आज प्रतितोला मूल्य ९७ हजार तीन सय कायम भएको छ ।

यसैगरी, हिजो ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्यमा प्रतितोला चार सय रुपैयाँले गिरावट आई आज प्रतितोला मूल्य ९६ हजार आठ सय कायम भएको महासंघको भनाइ छ ।

यसैगरी, हिजो प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले गिरावट आई आज प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

289039988_1952477215141759_7561731045903440500_n 1