इटहरीः मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको गाडीमा उनकै छोराले तोडफोड गरेका छन् ।

उनले प्रयोग गर्ने प्रदेश १ को १ प ५७८ नम्बरको सरकारी गाडी छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् ।

नेपाली कांग्रेसबाट स्थानीय तह सदस्य निर्वाचनमाा सहभागी भएर पालिका अध्यक्ष निर्वाचित भएका आफ्ना बाबुले पालिकाको बजेट निर्माणजस्ता कार्य सम्पादन गर्ने प्रयोजनका लागि निर्माण गर्न लागिएका विभिन्न समितिहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सहभागी गराउने तयारी गरेपछि त्यसो गर्नु गलत भएको भन्दै उनले आफ्नै बाबुको गााडी तोडफोड गरेका हुन् ।