इटहरीः झापाको बुद्धशान्ति नगरपािलका ५ मा जंगली हात्ती धपाउन गएका एक किशोरलाई सर्पले टोकेपछि उनको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान घर भएका १५ वर्षीय अजित तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार मंगलबार राति ९ बजे जंगली हात्ती धपाउन निस्केका तामाङलाई विषालु सर्पले टोकेको थियो ।

सर्पले टोकेपछि तत्कालै उपचारार्थ चाराआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र पठाइएकोमा उपचार सुरु गर्नासाथ उनको ज्यान गएको प्रहरीले जनाएको छ ।