इटहरीः मोरङको विराटनगर महानगरपालिका १२ स्थित बखरीमा सिटी सफारी चार्जमा लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ३३ वर्षीया सुनिता चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार
मृतक चौधरीका पति शिवचरण चौधरीको नाममा रहेको को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा आज दिउँसो करेन्ट लागेपछि उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा चिकित्सकले तत्कालै उनलाई मृत घोषित गरिदिएका थिए ।

मृतकको शव पोस्मार्टमको लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

289039988_1952477215141759_7561731045903440500_n 1