लामो रस्साकस्सीपछि भित्रियो रामधुनी नगरपालिकामा दमकल

  • असार ८, २०७९
  • ४५४ पटक पढिएको
  • प्रकाश बन्जारा
alt

इटहरीः सुनसरीको रामधुनी नगरपालिकाले लामो रस्साकस्सीपछि अग्नि नियन्त्रणका लागि वारुण यन्त्र खरिद गरी बुधबारबाट नगरपालिकाको प्राङ्गणमा भित्राएको छ ।

नगरपालिकाले क्याटलक विधिबाट टेण्डर आव्हान गरी नगरभित्र र बाहिर आपतकालीन आगलागी नियन्त्रण गर्न वारुण यन्त्र खरिद गरेको हो । नगरपालिकाले ६० लाख सम्मको सामग्री खरिद गर्नेगरी टेण्डर आव्हान गरेकोमा ४ वटा कम्पनीले बिक्रीको आसय देखाउँदै टेण्डर प्रक्रियामा सहभागी भएको रामधुनी नगरपालिकाका योजना अधिकृत सुवोध निरौलाले बताए । निरौलाका अनुसार रामधुनी नगरपालिकाले ५९ लाख ३० हजार रुपैँयामा अशोक ली ल्याण्ड कम्पनीको वारुण यन्त्र खरिद गरेको हो । यो वारुण यन्त्रको क्षमता ५ हजार लिटर रहेको अधिकृत निरौलाले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।

damkal ramdhuni1

नगरपालिका भएपनि नगरले आफ्नो दमकल खरिद गर्न नसकेको भन्ने लामो टिकाटिप्पणीपछि नगरपालिकाले दमकल खरिद प्रक्रिया सुरु गरेको थियो । दमकल आइसकेकाले अब यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति र वारुण यन्त्र चालक समेतको पदपूर्तिका लागि नगरसभामा लैजाने र प्रक्रिया पूरा गरेपछि दमकल आपतकालीन अवस्थाका लागि सञ्चालनमा लैजाने रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीले बताए । गत वर्ष रामधुनीको झुम्का बजारको म्याजिक सिनेमामा आगलागी हुँदा कोसी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, इटहरी उपमहानगरपालिका लगायतका स्थानबाट दमकल आएर आगो नियन्त्रणमा लिएका थिए । सो घटनापछि नगरलाई आफ्नै दमकल खरिद गर्न दबाब सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

धरानका मेयर हर्क साम्पाङको बोल्ड निर्णयः फोहोर गर्नेलाई ऐनअनुसार कारबाही गरिने

धरानः सडकमा जथाभावी फोहोर फाल्नेलाई धराान उपमहानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । मङ्गलबार ब ...

सम्मानसँग स्वास्थ्योपचार पाउने भएपछि खुसी मुद्रामा पूर्वखेलाडी

विराटनगरः आफ्नो जीवनको लामो समय फुटबलमा व्यतित गरेका पूर्वफुटबल खेलाडी हरि खड्का आइतबार विराटनगरमा भ ...

राजस्थानी स्वाद चखाउन इटहरीमा खुल्यो राजस्थानी ढावा

इटहरी: भारतको हरियाणा तथा राजस्थानमा पाइने स्वादिलो खाना सेट ख्वाउन इटहरीमा राजस्थानी ढावा सञ् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved