तेह्रथुमः पर्यटकीय महत्वको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रअन्तर्गत पर्ने सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमूलखर्क प्रहरी चौकीे भवन जीर्ण अवस्थामा रहेको छ ।

भाडाको घरमा रहेको सो प्रहरी चौकीे भूकम्पका कारण जीर्ण भए पनि नयाँ भवन बनाउन कसैले चासो देखाएको पाइएको छैन ।
सो चौकीको आफ्नै भवन द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त पारेको थियो । तेह्रथुम र सङ्खुवासभाको सीमाक्षेत्रमा रहेको प्रहरी चौकीमा दरबन्दीअनुसारका प्रहरीसमेत छैनन् । चौकीमा ४ जना प्रहरी रहने गरे पनि बिदा, तालीम र गोष्ठीका कारण सबै एकै पटक कार्यरत नहुने गरेको स्थानीय बताउँछन् ।

चौकीको निर्माणका लागि स्थानीयले बजार नजिकै जग्गा उपलब्ध गराए पनि भवन निर्माणमा खासै चासो दिएको पाइँदैन । सो चौकीको कार्यक्षेत्र मादी नगरपालिकाको वडा नम्बर १ र २ रहेको छ ।