इटहरीः मनसुन सक्रिय भई आज देशभर वर्षा जारी रहेको छ ।

कर्णाली, प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि पूर्ण बदलीका बीच वर्षा दिनभर र रातिसमेत जारी नै रहने महाशाखाको प्रक्षेपण छ ।

प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अपिल गरेको छ ।