इटहरीः सोमबार मध्यरातिदेखि जारी मनसुनी वर्षाका कारण नदीनालामा बाढी आउन सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले इटहरी आसपासका क्षेत्रमा आज मध्यराति १२ः०० बजेसम्म सतर्कता अपनाउन अपिल गरेको छ ।

आज दिनभर ठूलो वर्षा भएको बताउँदै महाशाखाले वर्षाको क्रम जारी नै रहने प्रष्ट पारेको छ । वर्षाका कारण बुढी खोला, केशलिया खोलालगायत आसपासका सानाठूला नदीनालामा पानीको बहाव उच्च हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिल गरेको हो ।

itahari flood.

 

सोमबार मध्यरातिदेखि जारी वर्षा तीन दिन जारी नै रहने प्रक्षेपण महाशाखाले गरेको छ ।