इटहरीः गत  मंसिर १२ गतेम इटहरीकाे एक्टिभ मनी ट्रान्फर लुटेर फरार रहेका राजन लिम्बुलाइ प्रहरीले केहि बेर अघि काठमाण्डाैमा गाेली प्रहार गरि नियन्त्रणमा लिएकाे छ । उनले मनि ट्रान्सफर संचालक  सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए । 

इटहरी घर रहेका लिम्बु यस अघि ६ वर्ष जेल सजाय भाेगी सकेका व्यक्ति हुन । उनि पटक पटक अपराधिक घटनामा संलग्न रहेकाे प्रहरीकाे दाबि छ । 

उनलाइ प्रक्राउ गर्न खाेज्दा भाग्न खाेजेकाे हुँदा गाेली चलाउनु परेकाे महानगरीय प्रहरीले बताएकाे छ । उनकाे साथबाट चाइनिज पेस्ताेल एक थ ान र ४ राउण्ड गाेली बरामद गरिएकाे छ । उनकाे खुट्टामा गाेली लागेकाे छ ।